काठमाडौँ – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २५ वर्षअघिको राजदरबार हत्याकाण्डको थप छानबिन अघि बढाउने निर्णय गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएसँगै मंगलबार साँझ गृह मन्त्रालयमा पदबहाली गर्दै मन्त्री गुरुङले २०५८ जेठ १९ गते नारायणहिटी राजदबारमा भएको हत्याकाण्डको थप छानबिन अघि बढाउने निर्णय गरेका हुन्।
उनले जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने नसकिनेबारे छानबिनका लागि कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन्। यस्तै गृह मन्त्रालय र सुरक्षा निकायमा हुने सुचना चुहावट रोक्न विशेष संयन्त्र निर्माण गर्ने निर्णय पनि उनले गरे।
गृहमन्त्री गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेका छन्। यसमार्फत् अब ठूला फाइल खोल्ने घोषणा उनले गरेका छन्।


