कसरा – बनकट्टा माडी हुलाकी सडक अन्तर्गत वन क्षेत्रमा क्यामेरा जडान कार्य सुरु

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका–२३ अन्तर्गत जगतपुर–कसरा–बनकट्टा माडी हुलाकी सडक खण्डमा पर्ने बनकट्टादेखि धुर्ब पोस्टसम्म वन्यजनावरको आवतजावत हुने क्षेत्रमा प्राविधिक टोलीद्वारा क्यामेरा जडान कार्य सुरु गरिएको छ।

सडक निर्माण कार्यलाई वातावरणीय मापदण्डअनुसार सुरक्षित र व्यवस्थित बनाउन जनावरको आवागमन, गतिविधि तथा जोखिमयुक्त क्षेत्रको अध्ययनका लागि क्यामेरा जडान गरिएको जनाइएको छ।

यस कार्यको मुख्य उद्देश्य निकुञ्जभित्र वातावरणीय प्रभाव मूल्यांकन (EIA) अनुसार सडकलाई सुविधाजनक बनाउनुका साथै वन्यजनावरबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्नु रहेको छ। त्यसका लागि आवश्यक स्थानमा फ्लाइओभर पुल निर्माणको योजना अघि बढाइने बताइएको छ।

त्यस्तै, सडकको दूरी छोटो बनाउन अलाइनमेन्ट मिलाउने, बाटोलाई थप सिधा र सहज बनाउने तथा सडकको मापदण्डभित्र पर्ने रुखहरूको गणना गरी आवश्यक व्यवस्थापन गर्ने तयारीसमेत भइरहेको छ।

सम्बन्धित निकायले स्थानीयवासीको सहज आवागमनलाई प्राथमिकतामा राख्दै सडक निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु