चितवन – माडी जेसिज र बिटफ्लक्स टेक्नोलोजीको संयुक्त आयोजनामा माडीमा उद्यमशिलता सम्बन्धि सेमिनार सञ्चालन भएको छ । माडी जेसीज २०२४ को एक कदम उघमशीलता तर्फ IGNITING IDEAS, EMPOWERINGENTREPRENEURS कार्यक्रम सम्पन्न भएको हो ।
जेसी सन्तोष भट्टराई अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथी माडी नगरपालिका नगर प्रमुख श्री तारा कुमारी काजी महतो, बिशिष्ट अतिथी माडी नगरपालिका प्रशाशकीय अधिकृत श्री शेषकान्त पौडल, माडी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्री पुरन महतो, माडी क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष श्री शिवनारायण महतो गुरौ, पूर्व अध्यक्ष जेसी कृष्णहरि अधिकारी, प्रदेश युवा परिपद् चितवन जिल्ला अध्यक्ष श्री रामचन्द्र लम्साल, उधोग वाणिज्य संघ माडी ईकाई अध्यक्ष श्री रेशमलाल आचार्य लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजक महासचिव जेसी ईश्वर रानाभाट हुनुहुन्थियो भने कार्यक्रम सन्चालन सहसचिव जेसी प्रशमा पौडलले गर्नुभयेको थियो।
बिटफ्लक्स टेक्नोलोजीका प्रबन्ध निर्देशक ई. प्रविण काफ्ले र कन्सल्ट्यान्ट निश्चल बराल प्रशिक्षक रहनुभएको उक्त कार्यक्रममा माडी क्याम्पसका १५० भन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए।
कार्यक्रममा उद्यमी मानसिकता, उद्यमशीलता, स्टार्टअप एवं माडीमा उद्यमशिलताको सम्भावना जस्ता विषयमा चर्चा भएको थियो। कार्यक्रम हिरो मोटर्स, जय सन्तोषी मा सुन चाँदी पसल, एम्स एसीसीए, आकार एकेडेमी एबम् माडी क्याम्पसले सहयोग गरेको थियो ।


