रगंशाला निर्माणार्थ हुने महायज्ञमा मातृशक्ती परिचालन गरिने
चितवन – चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन हुने धनधान्याचल महायज्ञमा मातृशक्ती परिचालन गरिने भएको छ । महायज्ञमा भौतिक उपस्थितीसँगै आर्थिक संकलन सहयोगार्थ मातृशक्ती परिचालन गरिने भएको हो ।
आज (आइतबार) भरतपुर महानगरपालिकामा बसेको भेलाले मातृशक्ती परिचालनका लागि राष्ट्रियसभाकी सांसद पार्वती रावलको संयोजकत्वमा मातृशक्ती परिचालन समिती गठन गरेको छ । उक्त समितीको उपसंयोजकमा मिना खरेल रहेकी छिन् भने सचिवमा संगिता भट्टराई रहेकी छिन् ।
समितीले महायज्ञ सफल बनाउन सहयोग गर्ने संयोजक रावलले बताईन् । पछील्लो समय महिलाहरु बिभिन्न संघ संस्थाको नेतृत्वदायी भूमिकामा पुगिसकेकोले यो महान अभियान सफल बनाउन पनि महिलाहरुको भूमिका महत्वपुर्ण हुने उनको भनाई थियो । समितीमा सबै क्षेत्रका महिलाहरुलाई समेट्ने उनले बताईन् । बिभिन्न क्षेत्रमा योगदान र्पुयाएका सबै महिलाहरुलाई एक जुट बनाएर महायज्ञमा परिचालन गरिने उनले बताईन् ।महायज्ञमा उनिहरुको भौतिक उपस्थिती मात्र नभई आर्थिक संकलन समेत सहयोग गर्ने उनको भनाई थियो । महायज्ञका लागि परिचालन गरिने मातृशक्तीले आ(आफ्नो स्थानिय तहबाट आर्थिक संकलनका लागि महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
यस्तै समितीले क्षेत्रगत रुपमा एक(एक जनालाई नेतृत्वको जिम्मेवारी दिएको छ । सांसद, पुर्व सांसद, मन्त्री, पुर्व मन्त्री लगायतको तर्फबाट पार्वती रावल, चिकित्सा क्षेत्रको नेतृत्वको जिम्मेवारी डा। शारदा कुवर तथा उद्यमीहरुको तर्फबाट रजनी मास्केलाई नेतृत्वको जिम्मेवारी दिएको छ । यस्तै सामाजिक संघसस्थाहरुको तर्फबाट मिना खरेल, राजनीतिक दलहरुको तर्फबाट संगिता भट्टराई, महिला सहकारीको तर्फबाट कलावती ओझा, पत्रकारहरुको तर्फबाट पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी, वकिलको तर्फबाट फुलमाया रानाभाट लगायतलाई नेतृत्वको जिम्मेवारी दिएको छ ।
मुल समारोह समिती संयोजक बिजय सुवेदीले रंगशाला निर्माणार्थ हुन लागेको महायज्ञ सफल बनाउन महिलाहरुको भूमिका महत्वपूर्ण हुने बताए । महिलाहरुले बिभिन्न क्षेत्रमा सफल नेतृत्व गरेको बताउदै सुवेदीले यस अभियानमा पनि महिलालाई महत्वपूर्ण भूमिका खेल्न जोड दिए।उनले चितवनबासीले मात्रै पनि रगंशाला निर्माण महाअभियान सफल बनाउन सक्ने बताए । चितवनबासीले चाहे रगंशाला निर्माणका लागि आवश्यक ३ अर्ब उठाउन कुनै समस्या नहुने उनले बताए ।
उनले रगंशाला निर्माणार्थ १९ गतेबाट शुरु हुने महायज्ञमा लक्ष्य भन्दा धेरै आर्थिक संकलन हुने विश्वास व्यक्त गरे । उनले महायज्ञमा रत्ननगर नगरपलिकाबाट २ करोड तथा अन्य पालिकाबाट १-१ करोडको दरले संकलन हुने अपेक्षा रहेको बताए । यस्तै प्रत्येक ४०-४० लाख आर्थिक संकलनको अपेक्षा रहेको उनले बताए ।यो कर्मबाट धर्म कमाउने अवसर भएको भन्दै उनले सबैलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा उपस्थित महिलाहरुले राष्ट्रकै गौरभको परियोजना सफल बनाउन एक जुट भएर लाग्ने प्रतिबद्दता जनाएका थिए । उनिहरुले यस्ता अभियानमा महिलाको उपस्थिती न्युन देखिने बताउदै उनिहरुले यस पटक सबै एक जुट भएर लाग्ने बताए । कार्यक्रममा बिभिन्न क्षेत्रसँग आबद्द ८० भन्दा बढी महिलाहरुको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया