ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर’ माघ ५ गते

एटुजेड समाचार

चितवन – शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर २०२०’ यही माघ ५ (१९ जनवरी) गते हुने भएको छ ।

लामो समयदेखी उच्च शिक्षाका लागि अष्ट्रेलिया जान इच्छुक नेपाली विद्यार्थीहरुलाई परामर्श दिदै आईरहेको संस्थाले आयोजना गर्न लागेको फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित ११ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागीता रहनेछ । फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित ९ वटा युनिभर्सिटी र २ वटा कलेजका प्रतिनिधिहरुको सहभागीता रहने ग्लोबल रिचका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सपना बनाएका विद्यार्थीहरुलाई यथार्थ परामार्श दिनका लागि फेयर आयोजना गरिएको पौडेलले बताए । ग्लोबल रिचले हरेक बर्ष दुई वटा फेयर आयोजना गर्दै आईरहेको छ । आईतवार हुन गईरहेको फेयर बर्ष २०२० को पहिलो हो । मार्च अप्रिल र जुलाई इन्टेकलाई लक्षित गर्दै फेयर गर्न लागिएको पौडेलले बताए ।

फेयरमा उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले सिधै युनिभर्सिटी तथा कलेजका प्रतिनिधीहरुसँग परामर्श लिन सक्ने उनले बताए । फेयरमा विद्यार्थीहरुले बिभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरु सँग वान टु वान परामर्श लिन सक्नेछन् ।

फेयरमा विद्यार्थीहरुले युनिभर्सिटी तथा कलेज सँगै त्यहा पढाई हुने बिषय, छात्रवृत्ती, अष्ट्रेलियन रहनसहन लगायतको बिषयमा सजिलै बुझ्न सकिने पौडेलले बताए । फेयरमा परामर्श लिने विद्यार्थीहरुलाई कलेज तथा युनिभर्सिटी छनोट गर्न पनि सजिलो हुने उनको भनाई छ । ‘हाम्रो फेयरमा अष्ट्रेलियाका प्रमुख ११ युनिभर्सिटी तथा कलेजहरु सहभागी हुनेछन्, विद्यार्थीहरुले सबैमा गएर बुझ्न सक्नु हुनेछ । यसले विद्यार्थीहरुलाई युनिभर्सिटी तथा कलेज छनोट गर्न पनि सजिलो हुनेछ – पौडेलले भने ।’

फेयरमा विद्यार्थीहरुले पीएसडब्लु भिषाको बिषयमा पनि परामर्श लिन सक्ने पौडेलले बताए । यस्तै अस्ट्रेलियाको ‘डिपार्टमेन्ट अफ होम अफेयर्स’ ले नेपाललाई लेभल–३ एसेसमेन्ट लेभलमा राखेपछीको प्रकृयाहरुको बिषयमा परामर्श लिनका लागि फेयर निकै महत्वपूर्ण हुने उनको भनाई छ । अष्ट्रेलिया बाहेक अमेरिका र क्यानडा जस्ता देशमा जान चाहने विद्यार्थीहरुले पनि फेयरबाट लाभ लिन सक्ने उनले बताए ।

यस्तै फेयरमा बिभिन्न ३ वटा बैंकहरुले पनि स्टल राख्ने पौडेलले जानकारी दिए । नबिल बैंक, एसबीआई बैंक र सिदार्थ बैंकको स्टलबाट विद्यार्थीहरुले बैंकिक प्रकृया बारे परामर्श लिन सक्नेछन् ।

फेयरमा सहभागी विद्यार्थीहरुलाई लक्की ड्र मार्फत आइएलटिएस र टोफेलमा छुट दिईने पौडेलले बताए । यस्तै उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई आकर्षक पुरस्कार दिईने पनि उनले जानकारी दिए । भरतपुर गार्डेन रिसोर्टमा हुने फेयर बिहान १० बजे देखी अपरान्ह ४ बजे सम्म चल्नेछ । अष्ट्रेलिया जानु अघी आवश्यक सबै बिषयमा जानकारी लिए पछी ठगिन दु:ख पाउनबाट बच्न सकिने भएकोले सहभागी भई परामर्श लिन पौडेलले सबै विद्यार्थीहरुलाई आग्रह गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु