भरतपुर : चितवनमा आज हल्का बर्षा सङ्गै चिसो बढ्ने संकेत देखिएको छ । बिगत दुइदिन देखी घाम लागेपनी आज बिहानै बाट मौसम पुन चिसिएको हो । अहिले चितवनको भरतपुर लगायत बिभिन्न ठाउँहरुमा सामान्य बर्षाभएपनी जाडोभने बढने क्रममा छ ।
बर्षाका कारण चितवनको जनजीवन प्रभाबित भएको छ । बजार तथा ब्यवसाय सामान्य अवस्तामा रहेको छ । पश्चिमी वायुको असरले काठमाण्डाैसहित देशका बिभिन्न जिल्लाहरुमा बर्षाहुनुका साथै पहाडी भेगहरुमा हिउपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । साथै यो सिलसिला शुक्रबार सम्म रहने उहाले जानकारी दिनुभयो ।