चितवन ट्राफिकद्धारा १ करोड ३७ लाख राजश्व संकलन : सबैभन्दा बढी मोटरसाइकल चालक कारवाहीमा

एटुजेड समाचार

सूर्यप्रसाद अधिकारी, माघ २, चितवन । जिल्ला ट्राफिक कार्यालय, चितवन चालु आर्थिक बर्ष ०७६÷०७७ को पुष मसान्तसम्म १ करोड ३७ लाख १५ हजार ५सय रुपैयांँ संकलन गरेको छ । कार्यालयले ६ महिनाको अवधिमा १८ हजार २ सय ७२ सवारी कारवाहीबाट उक्त राजश्व संकलन गरेको हो । कार्यालयले दिएको जानकारी अनुसार ४सय ८६ वटा मापसे कारबाही बाट ४ लाख ८६ हजार ,ओभरलोड सामान ढुवानी गर्ने २ हजार ६ सय ८० सवारीबाट १९ लाख ३८ हजार रुपैयांँ , सिटवेल्ट र हेल्मेट नलगाउने ८सय चालकबाट ६ लाख ४० हजार रुपैयांँ संकलन गरेको छ । यस्तै सवारीचालकको साथबाट कागजपत्र नभएका २हजार ९सय ६३ जनाबाट १५ लाख ५२ हजार ५सय रुपैयांँ, अनुमतिपत्र नभएका २ हजार २ सय ५२ जनाबाट २३ लाख २५ हजार राजश्व संकलन गरेको छ । यस्तै २सय ४४ वटा सवारीका बत्तीको अवस्था ठिक नभएकोबाट १ लाख ३५ हजार ५सय रुटपरमिट विना ८सय २१ वटा सवारीबाट ८ लाख २१ हजार रुपैयाँ, तीब्रगतिमा सवारी चलाउने ३सय २ वटा सवारीबाट १ लाख ५६ हजार ५सय रुपैयांँ जरीवाना सहित कारवाही गरेको छ ।

यस्तै प्रयोजन विपरीत लगेज बोकेको ५सय ६७ वटा सवारी कारबाहीबाट ५ लाख ६७ हजार रुपैयांँ, सिट क्षमताभन्दा बढी यात्रु ६सय ६० बाट ५ लाख ९१ हजार रुपैया र ६ हजार ४सय ९७ अन्य सवारी कारवाहीबाट ४५ लाख ३ हजार रुपैयांँ संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।
सबैभन्दा बढी मोटरसाइकल चालक कारवाहीमा

चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा ट्राफिकले चेकजांँच गर्दा सबै भन्दा बढी कारवाहीमा मोटरसाइकल चालक परेका छन । कार्यालयले दिएको जानकारी अनुसार सो अवधिमा ४ हजार ८ सय ९७ वटा मोटरसाइकल चालकमाथि कारवाही गरिएको छ । यस्तै दोस्रो बढी कारवाहीमा कार, जीप, भ्यानका चालक परेका छन । जसअनुसार सो अवधिमा ४ हजार ५ सय ८४ वटा ती सवारीचालकमाथि कारवाही गरि जरीवाना असुल गरिएको थियो । यस्तै तेस्रो बढी कारवाहीमा ट्रकचालक परेका छन । ट्राफिक प्रहरीले सो अवधिमा ३ हजार ४ सय १ ट्रकचालकलाई कारवाही गरेको थियो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले मोटरसाइकल चालकले अन्य सवारी साधनभन्दा बढी लापरवाही तरीकाले चलाएका कारण कारवाही संख्या पनि बढेको बताए । उनका अनुसार हेलमेट नलगाउने, लाइसेन्स नहुने, मोटरसाइकलको संरचना परिवर्तन गरी चलाउने ,मापसे गरेर चलाउने, तीब्र गतिमा बढी मोटरसाइल चलाउने चालककका कारण सबैभन्दा बढी मोटरसाइकल चालक कारवाहीमा परेको बताए । कार,जीप, भ्यानको हकमा सबैभन्दा बढी जथाभावी पार्किङ गर्ने, मापसे गरेर चलाउने चालक रहेका छन । यस्तै ट्रक चालकको हकमा आवश्यक कागजात नहुने, मापदण्ड विपरीत सामान ढुवानी गर्ने , ढाला खोलेर सामान ओसारपसार गरेका ट्रकका कारण कारवाहीको संख्या बढेको बताए । यस्तै सो अवधिमा कार्यालयले २ हजार ९ सय २८ वटा यात्रुवहाक बस, १ हजार ५ सय २० वटा टेम्पो र ९ सय ४२ वटा ट्रयाक्टर चालकलाई कारवाही गरी जरीवाना असुल गरेको छ ।
६ महिनामा ७० जनाको मृत्यु, १०६ जना गम्भिर घाइते

जिल्लामा चालु आर्थिक बर्ष ०७६÷०७७ को अवधिमा सवारी दुर्घटनामा परेर ७० जनाको मृत्यु भएको छ भने १सय ६ जना गम्भिर घाइते भएको कार्यालयले जानकारी दिएको छ । सो अवधिमा २सय १८ जना सामान्य घाइते भएका थिए । ६ महिनामा १ सय ६७ वटा सवारी साधन दुर्घटना भएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू