चितवन – श्री शिखर बचत तथा ऋण सहकारी संस्था भण्डाराको १३ औं साधारणसभा तथा पाँचौ अधिबेशन सम्पन्न भएको छ ।
पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ५ भण्डारा (चौकी डाँडा) मा रहेको संस्थाको आज (बुधबार) सम्पन्न १३ औं साधारणसभा तथा पाँचौ अधिबेशनका प्रमुख अतिथी वाग्मती प्रदेश भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारी सिमित घेरा भित्र खुम्चिन नहुने बताए । उनले सहकारीले पैसा जम्मा गर्ने र सामन्य तवरले आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्ने मात्रै नभइ समुहगतरुपमा कृषि तथा पशु व्यवसायीमा लगानी गर्नु पर्ने धाराणा राखे । यस्तो गर्न सके संस्थाका सदस्यहरुले रोजगार पाउने र सरकारको पनि सहयोग रहने उनले बताए ।
फरक प्रसङ्गमा उनले अब सुकुम्बासीले पनि जग्गाको लाल पुर्जा पाउने निश्चित भएको बता ए । बिचमा सभामुखको घटनाले केही समय लम्बिएको भन्दै उनले यही सरकारले लालपुर्जा बिहिनहरुलाई लालपुर्जा वितरण हुने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरे ।
संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोमन सिंह रुम्बाले गाउँ घरका स-साना पुजीँलाई एकत्रित गरि उत्पादनशील क्षेत्रमा उपयोग गर्ने उद्धेश्यले १३ वर्ष अघि सहकारी स्थापना गरिएको बताए । कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल ,उपा प्रमुख इमान सिं लामा,राप्ती नगरपालिका कृषि शाखा प्रमुख शैलेन्द्र भण्डारी , राप्ती नगरपालिका वडा नं. ५ का अध्यक्ष मेनुका पाठक लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जीत बहादुर लोप्चन तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए । संस्थाको कुल पुजीँ ४२ लाख ७३ हजार १४ रुपैँया तथा ३९ लाख ७८ हजार ९ सय ७८ रुपैयाँ ऋण लगानी रहेको उनले बताए ।
यस्तै सोही कार्यक्रमकाबीच नियमित बचत कर्ता लगाएत विभिन्न कोणबाट संस्थालाई योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रशंसाा पत्र सहित सम्मान समेत गरेका थिए । १३ वर्ष अघि स्थापना भएको सहकारीले २५० जना भन्दा बढि सदस्य रहेका छन् ।