सुशिल पन्त,
चितवन – ‘मैले व्यवसायीहरुको मलिन अनुहार देखेको छु, उहाँहरुको आँखामा आँखा जुधाएर हेरेर छु , ढुक्क हुनुहोस् तीन महिना भित्र सबै समस्या समाधान हुन्छ ।’ उद्योग वाणिज्य संघ चितवनका नव निर्वाचित अध्यक्ष राजु श्रेष्ठले पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा गरेको प्रतिबद्दता हो यो ।
मंगलबार सम्पन्न संघको ५३ औं साधारणा सभा एवं अधिबेशनबाट अध्यक्षको पदमा निर्वाचित श्रेष्ठले आज (बुधबार) सपथ ग्रहण गर्दै व्यवसायीहरुको समस्या ३ महिना भित्र पुरा गर्ने प्रतिबद्दता गरेका छन् । ‘तपाईहरुलाई थाहा छ म बिहानपख एक एकलाई भेट्दै हिड्छु उनले भने,’ तपाईहरुको अनुहार मैले पढेको छु । मलिन अनुहार लिएर बस्नु भएको छ । समस्या धेरै छ, तीन महिनाभित्र समाधान गर्छु ।’
उनले व्यवसाय बिकास तर्फ उन्मुख हुनु पर्नेमा बिनास हुँदै गएको बताए । ‘मैले लायन्सचोकदेखी पुलचोकसम्मको व्यवसायीहरुसँग नजिकबाट आँखा जुधाएर कुरा गरेको छु, एक कट्ठा जग्गा ६० लाखमा बेचेर व्यवसाय शुरु गरेको पाच महिनापछी ४० लाख उनले भने, ‘व्यवसाय बिकासको क्रममा जानुपर्नेमा बिनासतिर गईरहेको छ । साधन स्रोत रोक्न दिएको छैन, रोकेर सामान झार्योकी जरिवना हुन्छ अनी व्यवसाय कसरी चल्छ ?’ उनले यो समस्या समाधानका लागि पुलचोकदेखी लायन्सचोकसम्म बैज्ञानीक तरिकाले व्यवसायलाई व्यवस्थापन गर्ने प्रतिबद्दता गरे । ‘पुलचोकदेखी लायन्सचोकसम्म बैज्ञानीक ढंगबाट स्थानिय सरकार र भरतपुर महानगरसँग संमन्वय गरेर यसलाई व्यवस्थापना गर्छु लेखेर राख्नुस् – उनले भने ।’
सपथ ग्रहणपछी उनले बारम्बार भनिरहेका थिए – ‘मलाई थाहा छ चुनौती धेरै छ ।’ उनले नाफामा जानु पर्ने व्यवसाय घाटामा जादा व्यवसायीहरु समस्या नै समस्यामा रहेको भन्दै सम्बन्धित संस्थाहरुसँग संमन्वय गरेर छिट्टै समाधान गर्ने बताए । उनले नारायणगढमा व्यवसाय गर्न सक्ने अवस्था नै नरहेकोले यसलाई उचित व्यवस्थापना गरिने बताए । नारायणगढको मेनरोडमा ठुला ठुला ट्रक चल्दा व्यवसाय नै धरापमा परेको उनको भनाई थियो । उनले बैकल्पिक मार्गका लागि सम्बन्धित निकायसँग संमन्वय गरेर निराकरण गर्ने प्रतिबद्दता गरे ।
उनले पुर्व अध्यक्षहरुले आफुले संस्था हाँक्न सक्छ कि सक्दैन भनेर नियालिरहेको भन्दै उचित ढंगबाट संस्थालाई अगाडि बढाउनेमा ढुक्क हुन आग्रह गरे । ‘राजुले यो संस्था हाँक्न सक्छ कि सक्दैन भनेर पुर्व अध्यक्षहरुले नियालिरहनु भएको छ उनले भने,’ यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु यो संस्थाको जसरी तपाईहरुले उच्च छबी बनाउनु भएको छ त्यसलाई एक इन्च पनि तल माथि हुन दिन्न ।’
यस्तै उनले निर्वतमान अध्यक्षको बाँकी रहेको योजना पुरा गर्ने पनि बताए । निर्वतमान कार्यसमितीले धेरै प्रशंसनिय कार्य गरेको र केही काम अधुरो भए आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिबद्दता समेत उनले जनाए । उनले आफ्नो कार्यकालमा योजना बनाउने मात्र नभई काम गरेरै देखाउने दाबी गरे । यस्तै उनले संघ भित्र कुनै पनि किसिमको राजनीति हुन नदिने बताए । ‘ यहाँ राजनीति हुँदैन, कुरा स्पष्ट छ उनले भने,’सबैको आ-आफ्नै राजनीतिक बिचरा होला, तर संघमा आउँदा ति सबै गेट बाहिरै छोडेर आउनुहोस् ।’
नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठलाई पद हस्तानतरण गर्दै निवर्मान अध्यक्ष सहनलाल प्रधानले आफ्नो कार्यकालमा सक्दो व्यवसायीहरुको हक हितका लागि काम गरेको बताए । ‘यो दुई बर्षको कार्यकालमा मैले आफ्नो क्षेमता र विवेकले भ्याएसम्म संघको छबीलाई उच्च बनाउने प्रयास गरे – उनले भने ।’ उनले निर्वाचन अघी आफुले व्यवसायीहरु माझ राखेको प्रतिबद्दताहरु सकेसम्म पुरा गर्ने प्रयास गरेको र बाँकी रहेका केही योजनाहरु नवनिर्वाचित कार्यसमितीले पुरा गर्ने विश्वास समेत व्यक्त गरे ।
प्रधानले आफ्नो कार्यकालमा नारायणगढ बजारमा देखिएको फुटपाथको समस्या समाधान गर्न केहीहदसम्म सफल भएको बताए । यस्तै व्यवसायी कर, उद्योग वाणिज्य राहत कोष, महिलासँग सम्बन्धित गतिविधी, चितवनमै पहिलो पटक महिला उद्दमी मेला लगायतका कार्यहरु आफ्नो कार्यकालको उपलब्धी भएको बताए । यस बाहेक अन्य धेरै योजनाहरु सम्पन्न गरेको र केही योजनाको सुरुवात समेत गरेको उनले बताए । उनले निवर्तमान अध्यक्षको रुपमा पनि आफु व्यवसायीहरुको हक हितका लागि अघी बढिरहने प्रतिबद्दता जनाए ।
पुर्व अध्यक्ष राजन गौतमले तत्कालिन निवर्तमान अध्यक्षको रुपमा आफ्नो २ बर्षे कार्यकालमा कहिल्यै पनि विचलित हुन नपरेको बताए । उनले निवर्तवान कार्यसमितीले व्यवसायीहरुको लागि धेरै राम्रा काम गरेको भन्दै नवनिर्वाचित कार्यसमितीले पनि त्यही ढंगबाट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरे । फरक प्रसङ्गमा उनले सपथ ग्रहण कार्यक्रममा राजु श्रेष्ठसँग पराजित भएका अध्यक्ष पदका अर्का उम्मेद्वार ज्ञानेन्द्रमान शाक्यको उपस्थितीले संस्थाको उचाई झनै माथि पुगेको बताए । उनले पुर्व अध्यक्षको रुपमा पनि नयाँ कार्यसमितीलाई आफ्नो साथ र सहयोग सधैं रहिरहने भन्दै श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितीलाई सफलताको शुभकामना दिए ।
अध्यक्ष पदमा श्रेष्ठसँग पराजित भएका अर्का उम्मेद्वार ज्ञानेन्द्रमान शाक्यले नयाँ कार्यसमितीले व्यवसायीहरुको हितका लागि काम गर्नेमा आफु ढुक्क रहेको बताए । उनले गोला प्रथाको बिषयमा मात्र आफुलाई चित्त नबुझेकोले उम्मेद्ववारी दिएको बताए । उनले आफु पराजित हुने थाहा हुँदा हुँदै पनि उम्मेद्ववारी दिएर हिम्मत देखाएको बताए । ‘मलाई थाहा थियो म पराजित हुन्छु, दश दिनको मेरो तयारीले के नै गर्न सक्थे र । उता राजु जिको एक बर्षदेखीको तयारी थियो उनले भन,’तर मैले हिम्मत गरे ।’ उनले राम्रो कामका लागि श्रेष्ठसँग हातमा हात दिएर अघी बढ्न आफु तयार रहेको बताए । शाक्यले श्रेष्ठलाई खादा ओढाएर बधाई तथा शुभकामना समेत दिएका थिए ।
कार्यक्रममा बर्ष २०७४-७६ का अध्यक्ष सहनलाल प्रधानले नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठलाई अध्यक्षको ब्याज लगाएर पद हस्तान्तरण गरेका थिए । यस्तै ७२-७४ का अध्यक्ष राजन गौतमले ७४-७६ का अध्यक्ष प्रधानलाई निवर्तमान तथा ७०-७२ का अध्यक्ष कल्याण जोशीले गौतमलाई पुर्व अध्यक्षको पद हस्तान्तरण गरेका थिए । पद हस्तान्तरणपछी आज नै नयाँ समितीले पद तथा गोपनियताको सपथ लिएको थियो । नयाँ कार्यसमितीलाई प्रमुख निर्वाचन आयुक्त राजकुमार श्रेष्ठले सपथ खुवाएका थिए ।