बार्सिलोनाका प्रशिक्षक भालभार्डे बर्खास्त, नयाँ प्रशिक्षकमा सेटिन

एटुजेड समाचार

एजेन्सी – पछीलो समय निकै आलोचना खेपिरहेका स्पानिस क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भालभर्डे बर्खास्त भएका छन् । उनलाई क्लबलले आज (मंगलबार) बर्खास्त गरेको औपचारिक घोषणा गरेको हो ।

क्लबले भालभर्डे स्थानमा रियल बेटिसका पूर्वप्रशिक्षक क्विक सेटिनलाई नियुक्त गरेको छ ।५५ वर्षीय भेलभर्डले बार्सिलोनालाई लगातार दुई ला लिगाको उपाधि दिलाएका थिए । यस्तै यस सिजन पिन गोल अन्तरमा रियललाई पछि पार्दै बार्सिलोना ला लिगामा शीर्ष स्थानमा छ ।

तर भेलभेर्डको प्रशिक्षणमा बार्सिलोना च्याम्पियन्स लिगको फाइनलमा पुग्न असफल भएको थियो ।यस्तै केही दिनअघि मात्र बार्सिलोना स्पानिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग पराजित भएको थियो । जसले गर्दा भेलभेर्डको बर्खास्तीको बाटो तय भयो ।

नयाँ प्रशिक्षक सेटिनसँग बार्सिलोनाले साढे दुई वर्षको सम्झौता गरेको छ ।भेलभेर्डको स्थानमा बार्सिलोनाको प्रशिक्षकका लागि क्लबकै पूर्व खेलाडी जाभीदेखि टोटनह्यामका पूर्वप्रशिक्षक माउरिसिओ पोचेटोसम्मको नाम चर्चामा रहे पनि सेटिन नियुक्त भएका हुन् ।

लिगका तलतिरका क्लब सम्हालेका सेटिनले लस पलमलाई ४० वर्षको इतिहासमा ११ औं स्थानमा पुर्याएका थिए । यस्तै रियल बेटिसलाई शीर्ष ६ मा राख्दै युरोपा लिगमा छनोट गराएका थिए ।उनको प्रशिक्षणमा बेटिसले बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडलाई समेत पराजित गरेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू