मनिका विश्वकर्मा,
चितवन -चितवनको उच्च शिखरमा रहेको सिराईचुली संरक्षणको अभावमा रहेको छ । इच्छाकामना गाँउपालिकामा रहेको पर्यटनको प्रमुख गन्तव्यको रुपमा लिइने सिराईचुलीले भ्रमण वर्षलाई जिस्काएको भान हुन्छ । भम्रण वर्षको प्रचारप्रसार सदरमुकाम भए पनि तर सो प्रचार चुलीसम्म भने पुग्न सकेको छैन ।
जिल्लामा प्राकृतिक सम्प्रदाले चुलीको नाम चर्चित भए पनि संरक्षणको पखाईमा सिराईचुली रहेको छ । उपरदाङगढी हुदै सिराईचुली पुग्न छ घण्टा पैदल हिड्नुपर्छ । भरतपुरबाट सिराईचुली अवलोकन गर्न गएकी सप्तगण्डकी बहुमुखी क्याम्पसकी विद्यार्थी संगिता केसी भन्नुहुन्छ, “सुचना बोर्डहरु नभएकाले बाटोमा अल्मलिएका थियौं । बाटोमा सरसफाई नभएको र झाडीहरुले दुख दिए । हिड्दा काडाँघारीहरुले अल्झाउने । हात्तिवाङ ,काउले, चौकीडाँडा हुदै सिराईचुली पुग्न निकै गाह्रो भयो ।”
चितवनको अग्लो शिखर सिराईचुलीबाट अन्नपुर्ण, धौलागिरी, माछापुच्छे, लाङटाङ, गणेश लगायतका हिमशृखंलाहरु सहजै देख्न सकिन्छ । हात्तिवाङदेखी सिराईचुली पुग्नको लागि आधा बाटोमा मात्रै सिढीको व्यवस्था गरिएको छ । त्यो पनि लेउ लागेर हिड्न असजिलो हुने भएको छ । ईच्छाकामनाको काउलेमा रहेको सिराईचुली प्रचारप्रसारको अभावमा ओझलमा परेको छ ।
१ हजार ९ सय ४५ मिटरको उचाईमा रहेको सिराईचुलीमा पूर्वाधार निर्माणको काम सुरु भईरहेको ईच्छाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङ्ग बताउनु हुन्छ। सिराईचुलीमा भिउ टावरको लागि २० लाख बजेट विनियोजन गरेको अध्यक्ष गुरुङ्गको भनाई छ । उहाँ भन्नुहुन्छ, “पर्यटकका लागि भनेर सिढीको व्यवस्था गरेका छौं । खानेपानीको व्यवस्था देखी लिएर शौचालय, बस्नको लागि होमस्टेहरुको पनि व्यवस्था रहेको छ ।” गुरुङ्गले पर्यटकलाई सुविधा दिनका लागि पर्यटकीय स्थलहरुमा पर्यटक आकर्षण गर्न दिर्घकालिन योजनाहरु भईरहेको बताउनु भयो । गाँउपालिकामा धेरै समस्याहरु रहेको र त्यसलाई बिस्तारै विकास गर्दै जाने गुरुङ्ग बताउनु हुन्छ ।
हिउँदको समयमा धेरै पर्यटनहरु घुम्न आउने यहाँका होटल व्यवसायीहरुको भनाई छ । बाह्य भन्दा पनि आन्तरिक पर्यटकहरु बढी सिराईचुली घुम्न आउने गर्छन । नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरी इच्छाकामना अवलोकन गर्ने अभियान सुरु भए लगतै पर्यटनहरुको संख्या केही बढे पनि आशा लाग्दो भने नरहेको स्थानिय होटल व्यसायीहरु बताउछन् ।
सिराईचुलीबाट सुर्यदयको मनोरम दृश्य अवलोकन गर्न पर्यटनहरु आउने गर्छन । पर्यटनलाई लोभ्याउने प्राकृतिक सौन्दर्यले भरिपुर्ण भएपनि धेरै पर्यटकको रोजाईमा पर्न सकेको छैन । यसको प्रचारप्रसार र संरक्षण खाचो रहेको स्थानियहरु बताउँछन् । यस चुलीबाट चितवनको तराईफाँड तथा छिमेकी जिल्लाहरु गोरखा, धादिङ्ग, नवलपरासी, मकवानपुरको भुभाग र हिमालहरु दृश्यावलोकन गर्न सकिन्छ ।
यहाँ भम्रण वर्षलाई लक्षित गरेर घुम्न आउनु भएका इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारी सिराईचुलीमा पुर्वाधार निर्माण नहुदाँ यसलाई वास्ता नगरिएको बताउनु हुन्छ । यहाँ निर्माण गरिएका भौतिक संरचनाहरु पनि लथालिङ्ग अवस्थामा रहेका कारण पहिला यसको मर्मत सम्भाव गर्नुपर्ने अधिकारीको भनाई छ ।
यहाँ बार लगाइएका फलामका पाईपहरु बागिंएको अवस्थामा छन् भने गिट्टीहरु छरपट्टै थुपारिएको छ ।आन्तरिक पर्यटकहरु बढी अवलोकन गर्न आउने यस क्षेत्रमा नेपालमा मात्रै पाइने काँडे भ्याकुर चरा र विभिन्न चराचुरुङगीहरु देख्न सकिन्छ । भ्रमण वर्षसंगै यहाँको प्रचार प्रसार गर्न सकेमा यसको महत्व र गरिमा बढ्ने थियो ।