दोस्रो बेलोध खिचरा महोत्सव भोलिबाट , प्रचण्डद्धारा उद्धघाटन हुदै

एटुजेड समाचार

अपिल घिमिरे, पुष २८, पटिहनी । भरतपुर महानगरपालिका वडा नम्बर को सुन्दरवस्ती खेलमैदान मा हुने दोस्रो खिचारा महोत्सवको तयारी पुरा भएको छ। पौष २९ गते मंगलवार एक कार्यक्रम का बीच पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन्। आज आयोजक संस्था थारु कल्यांकरिणी सभा क्षेत्रनम्बर ५ बेलोध प्रगन्नाले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । थारु समुदायको संस्कृति को पर्व भए पनि गैर थारु जातीहरुले समेत उत्साह जनकरुपमा महोत्सव को तयारीमा साथ दिइएको छ ।
भ्रमण वर्ष २०२०को अवसर परेको हुनाले पनि महोत्सवलाई समेत लक्षित गरी यस क्षेत्रका आदिवासी हरुको कला संस्कृति प्रर्दशन गरिने आयोजकले बताएको छ ।५ दिन सम्म चल्ने महोत्सवमा ६० वटा स्टलहरु राखिएका छन ।महोत्सव अवधिभर करिब २० हजार दर्शकले अवलोकन गर्ने र करिब पैतिँस लाख रुपैँयाको कारोवार हुने आयोजकले अनुमान गरिएको छ ।

स्टलमा थारु संस्कृति झल्कने नमुना घर,थारु परिकार,भेषभुषाको अवलोकन संगै,जिप सफारी,डुंगा सयर,हात्ती सफारी र गाडा सयर समेत गर्न सकिने गरि व्यवस्था मिलाइएको आयोजकको भनाई छ छ। कार्यक्रममा पाँचै दिन राष्ट्रिय कलाकारहरु मिलन लामा,प्रकाश सपुत,शान्ति श्री परियार,दीपक लिम्बु,कुमार कट्टेल (जिग्री),मनोज चौधरी,सुनील गिरि र वलराम सरकार का साथै स्थानिए कलाकार हरुको बेजोड प्रस्तुति रहने बताइएको छ।

सर्वाधरणलाइ ३० रुपैयांँ र बिद्यार्थीको हकमा २० रुपैयांँ र वृद्धा र अपाङ्ग हरुलाई निशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ ।् सह आयोजकमा जागृति टोल का विकाश संस्था भरतपुर १४ रहेको छ।महोत्सवलाई भरतपुर महानगरपालिका, महानगरका ६,१३,१४,२२ र २३,जिल्ला थारु कल्याणकारिणी सभा ले संरक्षक प्रदान गरेको छ भने पटिहानी पर्यटन विकास समिति पटिहानी र पर्यटन होटेल एसोसिएसन प्रर्वद्धक रहेका छन्।

ऋयल

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु