सूर्यप्रसाद अधिकारी, पुष २७, चितवन । राष्ट्रिय परिचय वितरण कार्यलाई प्रभावकारी बनाउन र तोकिएको समयमा लक्ष्य पुरा गर्न उद्धेश्यले कामलाई तीब्रता दिइने भएको छ । यसको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोली चितवन आईपुगेको छ । यसलाई सफल र प्रभावकारी बनाउन विभागले भरतपुरमा आज एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय, जिल्लाका स्थानीय तह एवं सुरक्षाकर्मीहरुसंँग यसबारे अन्र्तक्रिया एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कार्यप्रत्र प्रस्तुत गर्दै विभागका निर्देशक शिवराज जोशीले सरकारले स्मार्ट प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र बनाउने तयारी शुरु गरेकाले यसलाई प्रभावकारी बनाउन सोही अनुसार चितवन आएको बताए । विभागले स्थानीयतहदेखि वडा टोलसम्म काम गर्न लागिएको उनले बताए । उनका अनुसार पहिलो चरणमा विभागले १सय १७ जना दक्ष प्राविधक र कर्मचारीको टोली सबै स्थानीय तहका वडा स्तरसम्म खटाउने छ । पहिलोपटक विभागले १५ वटा जिल्लालाई छनौट गरेको थियो उनले भने, त्यसमध्ये ७ जिल्लालाई पहिलो चरणमा शुरु गरिएको हो ।’ छनौट भएका अन्य जिल्लामा पनि सोही अनुसारको जनशक्ति तयार गरी विवरण संकलन गरिने छ ।


यस परिचयपत्रको प्रयोगबाट एकीकृत परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने ,नागरिकका वैयक्तिक, जैविक विवरणको संकलन, भण्डारण, उपयोग गर्ने, नागरिकलाई राज्यबाट प्रवाह हुने सेवासंँग आवद्ध गराउने उद्धेश्य रहेको जोशीको भनाई थियो । नागरिकका सबै प्रकारका विवरण एउटै कार्डमा उल्लेख गरी विभागले तयारी गरिहेको विभागका लेखा ईश्वरी प्रसाद ढकालले बताए । उनका अनुसार विभागले परीक्षणको लागि सिंहदरबारका कर्मचारी र पांँचथर जिल्लाका नागरिकको समेत गरी १ लाख १७ हजार कार्ड वितरण गरिसकेको छ ।
आगामी दुईबर्ष भित्र हरेक योग्य नागरिकलाई राष्ट्रिय परिचयपत्र लिने गरी कामलाई गतिदिन लागिएको बताए । यस परिचयपत्रबाट नागरिकले आफूले पाउने हरेक सेवा , सुविधा लिनसक्ने छन । यसको लागि हरेक सरकारी कार्यालयमा कार्ड रिडरको व्यवस्था हुने उनले बताए ।
यसको डाटाको सुरक्षाको लागि विभाग संँग एउटा डाटा भण्डारण केन्द्र, नेपाल सरकार संँग एउटा र हेटौंडामा एउटा भण्डारण केन्द्र रहने उनले जानकारी दिए ।
यस परिचयपत्र पाउनको लागि १६ बर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ । र हाल नागरिकताको आधारमा सेवाग्राहीले यो सेवा पाउनेछन ।
यसको लागि विभागले हाल प्रतिघण्टा ५०० प्रति स्मार्ट कार्ड छाप्ने मेशीन सञ्चालन गर्ने प्रयोगमा ल्याएको छ भने छिट्टैनै प्रति घण्टा १ हजार प्रति घण्टा छापिने विभागले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीले राष्ट्रिय परिचयपत्र स्मार्ट सीटीको एउटा प्रमाण भएकोले यसलाई सफल बनाउन जनप्रतिनिधिको भूमिका उत्तिकै रहने बताए । यसले नागरिकको हरेक किसीमको सेवा सुविधा, सुरक्षा र सुशासनलाई समेत चुस्त राख्न महत्वपूर्ण भूमिका रहेको उनको भनाई थियो ।
सो अवसरमा बोल्दै जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख नारायण प्रसाद भट्टराइले सरकारको यो कार्यलाई सफल बनाउन सबैको दायित्व हुने बताए । यसलाई गतिदिन लागि १सय १७ जनाको प्राविधिक सहितको कर्मचारीको लागि ७सय जनाको आवेदन परेको र छिटैनै लिखित एवं मौखीक अन्तर्वाता लिएर कामलाई गतिदिने उनको भनाई छ । ‘चितवनमा यो परिचयपत्र लिनुपर्ने ६ लाख ७५ हजार को हाराहारीमा छन , उनले भने, यो टिमले नियमित काम गरे १सय २ दिनमा सकिन्छ । ’ यस अघिपनि कार्यालयले नयांँ नागरिकता लिने नागरिकको हकमा सोही दिनमै राष्ट्रिय परिचयपत्र फाराम भरेर सेवा उपलब्ध गराउंँदै आएको छ ।
स्वागत मन्तव्य व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमलाई विस्तार गर्न चितवनमा विभागीय टोली आउनु गर्व र अवसरको बिषय रहेको बताए । चितवनमा पनि सक्षम र उक्तम जनशक्ति छनौट गरी यस कार्यलाई प्रभावकारी बनाइने उनको भनाई थियो ।