अष्ट्रेलियामा नेपालीले आयोजना गरेको लिगमा दुईपक्षबीच झडप, एकको अवस्था गम्भीर
मंसीर २९,अष्ट्रेलिया, सिड्नी । अष्ट्रेलियाली नेपाली समाजबीच लोकप्रिय, सबैभन्दा पुरानो र पहिलो लिग भनेर दाबी गरिएको गोर्खा नेप्लिज कम्यूनिटीले आयोजना गर्दै आएको जीएनसी लिगको खेलमैदानमै दुईपक्ष आक्रमणमै उत्रिएका छन् ।
यो सिजनमा पनि गोर्खालीको कार्यक्रम रणभूमिमा परिणत भएको छ । आइतबार दिउँसो सञ्चालित लिग अन्तर्गत क्याम्सी फुटबल क्लब र गोर्खा स्पर्स नामका दुई नेपाली समूदायका क्लबबीचको खेलपछि क्याम्सी एफसीका खेलाडीहरुले गोर्खा स्पर्सका एक खेलाडीलाइ मैदान बाहिर मरणासन्न हुनेगरी आक्रमण गरेका छन् ।
उनको नाम अहिलेसम्म बताइएको छैन । खेल सिड्नीको चेष्टर हिलस्थित मैदानमा सञ्चालन भएको थियो ।केही समाचार माध्यममा प्राप्त केही भिडियो क्लिप्समा पनि आक्रमणमै उत्रिएको देख्न सकिन्छ । भिडियोमा गोर्खा स्पर्सका खेलाडीलाई क्याम्सी एफसी लेखिएको फुटबल जर्सी लगाएका अर्को समूहका सदस्यहरुले निरन्तर आक्रमण गरेका थिए ।
अघिल्लो वर्ष पनि यसैगरी झडप भएको थियो ।
तपाइँको प्रतिक्रिया