जमैकाकी टोनी एन्ना सिंह बनिन २०१९ कि विश्वसुन्दरी
जमैकाकी टोनी एन्ना सिंह २०१९ कि विश्वसुन्दरी बनेकी छन । बेलायतमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिताबाट जमैकन २३ वर्षीया सुन्दरीलाई क्रिकेट र क्रिस गेलबारे प्रश्न सोधिएको थियो । विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए ।
टोनी एन्ना सिंहले भारत, फ्रान्स, ब्राजिल र नाइजेरियन सुन्दरीलाई पछि पार्दै विश्व सुन्दरीको ताज पहिरिएकी हुन् । विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् । नेपालकी अनुष्का श्रेष्ठ टप १२ बाट बाहिरिएकी थिइन्। अनुष्काले मल्टिमिडया र ब्यूटि विथ प्रपोज अवार्ड जितेकी छन्।
तपाइँको प्रतिक्रिया