किन पूजा शर्माको घरको वरिपरी बस्छन् पल (भिडियो सहित)
चितवन – पल शाह र पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउछु २’ को रोमान्टिक गीत सार्वजनिक भएको छ ।चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरी’ बोलकोइ रोमान्टिक गीत आज (बिहिबार) सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई फिचरिङ गरिएको छ। मनोरम दृश्यमा छांयाकन गरिएको गीतमा पल र पूजालाई निकै रोमान्टिक अवतारमा देखाईएको छ । सौरभ लामाले खिचेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।
फागुनको २३ गतेलाई प्रदर्शन मिती तय गरेको चलचित्रलाई लभस्टोरी चलचित्र बनाउन माहिर निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन्।
सुदर्शन थापाको कथा रहेको चलचित्रको पटकथा शिवम अधिकारी र दिनेश न्यौपानेले तयार पारेका हुन्।चलचित्रमा पल र पूजाका अलावा दिनेश डीसी, हरिहर शर्मा, राजाराजेन्द्र पोखरेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ।
तपाइँको प्रतिक्रिया