‘नक्कली गरिमा’ को कारण चितवनमा धान उत्पादन घट्यो
सूर्यप्रसाद अधिकारी, मंसिर २६,, चितवनमा । देशका अधिकांश जिल्लामा धान उत्पादनमा कमी आएसँगै यसबर्ष चितवनमा पनि धान उत्पादनमा कमी आएको छ ।
यसबर्ष मौसम ठिकै भएपनि गरिमा धानमा बाला नलागेका कारण बर्षे धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ ।
ज्ञान केन्द्रले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७६÷०७७ मा बर्षे धान ९६ हजार ९सय ६ मेट्रिक टन धान उत्पादन भएको छ । गतबर्ष चितवनमा १ लाख २ सय ३० मेट्रिक टन बर्षे धान उत्पादन भएको थियो । यसैगरी आर्थिक बर्ष ०७४÷०७५ मा १ लाख ६ हजार ६सय ९६ मेट्रिक टन बर्षे धान उत्पादन भएको थियो । यसबर्ष धानको पकड क्षेत्र पूर्वी चितवनमा अधिकांश किसानले गरिमा धान लगाएका कारण उत्पादनमा ह्रास आएको कार्यालयकी योजना अधिकृत कमला न्यौपानेले बताइन । ‘मुख्यत गरिमा धानकै कारण ह्रास आएको हो, उनले भनिन, फौजी किरा र कालो पोकेका कारण पनि उत्पादनमा ह्रास आएको छ । ’
मंसीरको पहिलो सातामा क्षतिपूर्ती मुल्यांकन समितिले उत्पादन क्षमताको आधारमा १० करोड ३७ लाख २९ हजार ४सय ८४ रुपैयां बराबारको गरिमा धानको क्षति मुल्यांँकन गरेको थियो ।
कार्यालयका अनुसार गतबर्ष र अघिल्लो बर्ष चितवनमा ९ हजार ७ सय ५१ मेट्रिक टन चैते धान उत्पादन भएको थियो ।
चितवनमा सिंचित खेतीयोग्य जमीनमा प्रति हेक्टर उत्पादकत्व ४ दशमलव ४४ मेट्रिक टन रहेको छ भने असिंचीत जमीनमा प्रति हेक्टर २ दशमलव ८ मेट्रिक टन रहेको छ ।
चितवनमा हिउँदे धान ५ हजार हेक्टर क्षेत्रफल र यसबर्ष चितवनमा बर्षे धान २७ हजार ३सय ५ हेक्टर क्षेत्रफलमा लगाइएको थियो । गतबर्ष यहांँ २७ हजार ३सय पांँच हेक्टर क्षेक्रलमा बर्षे धान लगाइएको थियो भने अघिल्लो बर्ष २९ हजार हेक्टरमा बर्षे धान लगाइएको थियो । चितवन ४ हजार ९०० हेक्टर क्षेत्रफलमा चैते धान लगाईदै आएको छ ।
जिल्लाको आधाभन्दा बढी धान उत्पादन क्षेत्र भरतपुर महानगर अन्र्तगत पर्दछ । चितवनमा बिशेष गरी सावित्री, मकवानपुर १, हर्दिनाथ १,सुख्खा १, २,३, स्वर्ण सव १, सावाँ सव १, राधा ४ रामधान धान रोपिने गरिन्छ । चितवनको धान उत्पादनको पकड क्षेत्र पुर्वी चितवन,पश्चिम चितवन र माडी क्षेत्र हो ।
मकवानपुरमा पनि घट्यो उत्पादन
चितवन र मकवानपुर हेर्दै आएको कृषि ज्ञान केन्द्र, चितवनले मकवानपुर जिल्लाको पनि यस बर्ष धान उत्पादनमा कमी आएको बताएको छ । कार्यालयले दिएको जानकारी अनुसार यसबर्ष बर्षे धान ४० हजार पांँचसय मेट्रिक टन उत्पादन भएको छ , गत आर्थिक बर्ष र अघिल्लो आर्थिक बर्ष जिल्लामा ४१ हजार ४ सय मेट्रिक टन धान उत्पादन भएको थियो । मकवानपुरमा आर्थिक बर्ष ०७५, ०७६ र ०७४, ०७५ मा ९ हजार ७ सय ५१ मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया