बाँकेमा एम्बुलेन्स र ट्रक ठोक्किदा ३ दिने शिशुसहित दुई जनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा एम्बुलेन्स र ट्रक ठोक्किदा ३ दिने शिशुसहित दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बाँके ट्राफिकका अनुसार नेपालगञ्जबाट दाङ जाँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक शनिबार पुर्व पश्चिम राजमार्गको जिरो प्वाईन्ट नजिक ठोक्किदा नाबालकसहित दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी तिलकराम खड्काका ३ दिनका छोरा र एम्बुलेन्स चालक सल्यान छत्रेश्वरी गाउँपालिका– १ निबासी चित्रबहादुर सुनार रहेका छन् । दुर्घटनामा परेर मृतक शिशुका वुवा तिलकराम र आमा मालति खड्का घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुवै जनाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो ।
तपाइँको प्रतिक्रिया