म्याराथनमा किरणसिंह बोगटीले स्वर्ण जिते
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।
पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । यो सँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ । म्याराथन तर्फको रजत र कास्य पदक भने भारतले जित्यो।
तपाइँको प्रतिक्रिया