मेट्रो ईमेजिङ् भरतपुरमा दाँत तथा अनुहारको सिटिस्यान गर्ने सिविसिटि उपकरण
चितवन – मेट्रो ईमेजिङ् सेन्टर भरतपुरले दाँत तथा अनुहारको विशेष किसिमको सिटिस्यान गर्ने सिविसिटि उपकरण सञ्चालनमा ल्याएको छ । सो उपकरणको आज एक समारोहका बिच भरतपुर अस्पतालका रेडीयोलोजि विभाग प्रमुख वरिष्ठ रेडियोलोजिष्ट डा. केशव पौडेलले शुभारम्भ गरे ।
सो अवसरमा उहाँले यस उपकरण चितवनमा पहिलोपटक भित्रिएकोमा खुशि प्रकट गर्दै यसका विकिरण सामान्य सिटिको भन्दा अत्यन्त कम हुने जानकारी दिए । यो दाँत तथा अनुहारको उपचारमा उपयोगी हुने गर्दछ । शुभारम्भ समारोहमा उपकरण उपलव्ध गराएको ईस्ट वेयस्ट ईन्टर प्राईजेज नेपालका प्रबन्ध निर्देशक व्रिजेश लाकोल र डेन्टल सर्जन तथा रेडियोलोजिष्ट डा. आलोक लाठीले उपकरणको बारेमा जानकारी गराएका थिए ।
उपकरणको सुभारम्भ सरोहमा सेन्टरका संञ्चालक केशव देवकोटा, शिवराज सुवेदी लगाएतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराज मरहठ्ठाको अध्यक्षतामा भएको थियो । जर्मनमा वनेको सो उपकरण रु १ करोड २५ लाखमा भित्र्याईएको हो । वि. सं. २०७१ साल भाद्र २४ गते सञ्चालनमा आएको सो सेन्टरमा एम आर आई, भिडियो एक्सरे, मुटुको भिडियो एक्सरे सेवा उपलव्ध रहेको अध्यक्ष मरहठ्ठाले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया