१३ औं सागः आज नेपाललाई थप ५ स्वर्ण, भारत अझै शिर्ष स्थानमा
काठमाडौं – १३ औं दक्षिण एशियाली खेलकुदको शुक्रबार छैटौं दिन नेपालले थप ५ स्वर्ण पदक जितेको छ। नेपालले शुक्रबार गल्फमा २, एथ्लेटिक्समा एक, पौडीमा एक र भारोत्तलमा एक स्वर्ण पदक जित्यो।
बिहीबारसम्म ३६ स्वर्ण जितेको नेपालले शुक्रबार स्वर्ण पदक संख्या ४१ पुर्याएको छ। शुक्रबारसम्म कराँते, तेक्वान्दो, पौडी र भलिबलका खेल सकिएका छन्।शुक्रबारसम्म १७९ स्वर्ण पदकको टुंगो लागेको छ। नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ काश्य पदकसहित ११ट पकका साथ पदक तालिकाको दोस्रो स्थानमा छ।
उता भारत शीर्ष स्थानमा यथावत रहेको छ। भारत ८१ स्वर्ण, ५९ रजत र २५ काश्यसहित १६५ पदकका साथ पदक तालिकाको शीर्ष स्थानमा छ।तेस्रो स्थानमा रहेको श्रीलंकाले २३ स्वर्ण पदक जितेको छ। उसले ४२ रजत र ६९काश्यसहित १३४ पदक जितेको छ।
चौथो स्थानमा रहेको पाकिस्तानले १९ स्वर्ण, २५ रजत र २९ काश्यसहित ६३ पदक जितेको छ। पाँचौं स्थानमा रहेको बांगलादेशले ४ स्वर्ण, १८ रजत र ५१ काश्यसहित ७३ पदक जितेको छ।यस्तै छैटौं स्थानको माल्दिभ्स १ स्वर्ण र २ काश्यसहित ३ पदक छ भने स्वर्ण जित्न नसकेको भुटानको खातामा हालसम्म ६ वटा काश्य पदक छ।
तपाइँको प्रतिक्रिया