भ्रमणबर्ष सफल पार्न महानगरको बार्षिक कार्यतालिका सार्वजनिक
सूर्यप्रसाद अधिकारी, मंसीर २०, चितवन । सरकारले देशभर पर्यटनबर्ष २०२० लाई लक्षित गर्दै विभिन्न पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम थालनी गरेका बेला भरतपुर महानगरपालिकाले पनि भ्रमणबर्ष सफल बनाउन यसको तयारी, योजनाका बारे बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।
२९ वटा वडा रहेको महानगरमा २७ वटा पर्यटकीय गन्तव्यको छनौट गरी ७ दिनसम्म बसाई लम्ब्याउन प्रर्बद्धनात्मक कार्यमा जोड दिइएको छ । महानगरको नेपाल भ्रमणबर्ष २०२० समन्वय तथा सहजीकरण समितिले आज एक कार्यक्रमको आयोजना गरी बर्षभरीको पर्यटकीय क्रियाकलापहरुको योजना सार्वजनिक गरेको हो ।
महानगरले बर्षभरिमा गरिने ३२ वटा कार्यक्रम अनुसार विभिन्न व्यवसायिक तथा सामाजिक संस्था, समिति , निकुञ्ज, सामुदायिक वन उपभोक्ता समिति लगायत संघसस्था संँग समन्वय र सहकार्य गरी कार्यक्रमलाई अगाडी बढाइने महानगरका प्रमुख रेनु दाहालले बताउनु भयो । उहांँका अनुसार समितिको ११ सदस्यीय स्टेरिड्ढ समिति र ९५ सदस्यीय मुल समन्वय तथा सहजीकरण समितिमार्फत आ आफ्नो जिम्मेवारी तोकिएको छ ।
कार्यातालिका अनुसार अंग्रेजी भाषमा ब्रोसर निर्माण, प्रचार सामाग्री उत्पादन तथा प्रचार, छुट तथा सहुलियत घोषणा , भ्रमण बर्षको स्तम्भ निर्माणका क्रियाकलाप रहेका छन । यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसलाई सम्बोधन हुनेगरी विश्व सिमसार दिवस , राष्ट्रिय धान दिवस, विश्व पर्यटन दिवस लगायतका कार्यक्रम कार्यतालिकामा समावेश गरिएका छन । पर्यटन प्रर्वद्धनका लागि अन्तर जिल्ला प्रर्वद्धनात्मक कार्यक्रम अन्र्तगत पोखरा महानगर पालिका र लुम्बिनी सांँस्कृतिक नगरपालिका बीच पनि सम्झौता गरिएको छ ।
यस्तै खेल पर्यटनलाई समेत प्रर्वद्धन गर्न हेरिटेज म्याराथुन, साइकल र्याली, रिभरवीच खेलकुद, डुंगा तथा र्याफ्टिड्ढ प्रतियोगितालाई पनि प्राथमिकता दिइएको छ । यस्तै स्थानीय उत्पादन तथा परिकारहरुलाई प्रर्वद्धन गर्न मौलिक परिकार, फुड फेष्टिबल, मेला महोत्सबको आयोजना गरिएको दाहालले जानकारी दिनुभयो ।
यसैगरी धार्मिक पर्यटन र जलपर्यटनमा आकर्षण गर्न , देबघाट देखि गोलाघाट सम्म डुंगा बाट शयर, देबघाटमा योगा,ध्यान, शिविर र नारायणी नदी किनारमा दैनिक आरतीको कार्यक्रम गरिने छ । भ्रमणबर्ष नजिकिएसंँगै भरतपुर विमानस्थलमा पर्यटन भ्रमण बर्ष डिजिटल बोर्ड, मुख्य स्थान र बसपार्कमा पर्यटकीय सूचना केन्द्र लगायतका कामलाई तीब्र पारिएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले नीजि तथा सामाजिक संस्थाहरु संँग समन्वय र सहकार्य गरेर भ्रमणबर्षलाई सफल बनाइने बताए । उहांँका अनुसार नियमित बार्षिक कार्यक्रमको अलावा अन्य पर्यटन प्रर्वद्धनात्मक सम्बन्धी प्रभावकारी कार्यक्रम समेत थप गरिनेछ ।
सो अवसरमा बोल्दै उद्योग वाणिज्य संघ, चितवनका बरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले चितवनकै सबै भन्दा ठुलो चितवन महोत्सवमा पर्यटनका गतिविधिलाई प्राथमिकतामा राख्न लागिएको जानकारी दिनुभयो । पर्यटन गतिविधिले जिल्लाको हरेको आर्थिक क्रियाकलापमा टेवा पुग्ने भएकोले यसपटक महोत्सवमा पर्यटन गतिविधि र फुड फेष्टिबललाई प्राथमिकतामा राखिएको उहांँको भनाई छ ।
सो अवसरमा बोल्दै समितिका सल्लाहकार एवं पर्यटन विज्ञ विश्वराज सुबेदीले देशकै पर्यटन गन्तव्य मध्ये भरतपुर महानगरमा दुईवटा पर्यटकीय गन्तव्य परेको र प्रदेश सरकारले १० जिल्लामा १० पर्यटकीय गन्तव्य छनौट गरिएको मध्ये मेघौली उत्कृष्ट गन्तव्य परेको जानकारी दिनुभयो ।
पर्यटन भ्रमण बर्षको प्रमुख उद्धेश्य, पर्यटकको बसाई अवधि लम्ब्याउने र अन्तराष्ट्रिय स्तरमा चितवनको पर्यटकीय गन्तव्यको प्रचार प्रसार गरिने उहांँले बताउनु भयो । पर्यटन प्रर्वद्धनको लागि नेपाल टुरिज्म बोर्डसंँग समन्वय गरि काम अघि बढाइएको उहांँको भनाई छ ।
तपाइँको प्रतिक्रिया