ग्रीनल्याण्ड स्कुलमा बिपत व्यवस्थापन तालिम सम्पन्न
चितवन – ग्रीनल्याण्ड पब्लिक स्कुलमा एक दिने बिपत व्यवस्थापन तालिम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका १२ मा रहेको स्कुलको प्राङ्गढमा आज (शुक्रबार) उक्त तालिम सम्पन्न भएको छ ।
ग्रीनल्याण्ड स्कुल स्काउट ट्रुपको आयोजना तथा शशस्त्र प्रहरी बल बिपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको प्राविधिक सहयोगम्ना उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावक गरी करिब ८ सय जनालाई बिपत व्यवस्थापन सम्बन्धी तालिम दिईएको थियो ।
कार्यक्रममा शशस्त्र प्रहरी बल बिपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका प्रहरी नायव उपरिक्षक सुजित बिष्टले सहजिकरण गरेका थिए । उनले सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई बिपतको बेला अपनाउन पर्ने साबधानीको बिषयमा प्रशिक्षण दिएका थिए ।
साथै विपत जस्तो समयमा पनि हुने भएकोले त्यसबाट उत्पन्न हुने परिस्थितीको सामना कसरी गर्ने भन्नेबारे पनि बिष्टले प्रशिक्षण दिएको स्कुलमा शिक्षक कृष्ण कार्कीले जानकारी दिए । कार्यक्रमकी प्रमुख अतिथी भरतपुर १२ की कार्यबाहक वडाध्यक्ष बिमला भट्टराईले यस किसिमको तालिम निकै महत्वपूर्ण भएको बताईन् । कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत बाबुराम दवाडी, प्याप्सन चितवनका अध्यक्ष टिकाराम चापागाई, प्याप्सन महानगर अध्यक्ष लेखराम खनाल लगायतले बोलेका थिए ।
स्काउट लिडर शिव बरालले स्वागत मन्तब्य राखेको कार्यक्रम स्कुलकी प्राचार्य इन्दिरा पन्तको सभापतित्वमा सम्पन्न भएको हो । यसैबीच आजै नै ग्रीन ल्यान पब्लिक स्कुल स्काउट ट्रुपको सातौ दिक्षान्त तथा पदोन्नती कार्यक्रम पनि सम्पन्न भएको छ ।
तपाइँको प्रतिक्रिया