चितवनमा सम्बन्ध विच्छेद गर्ने संख्या बढ्दै, मुद्दा दर्ता गराउनेमा महिला बढी
मनिका विश्वकर्मा
चितवन – जिल्ला अदालत चितवनमा सम्बन्ध विच्छेदका मुद्दा बढीरहेको छ । अदालतमा आएका मध्ये ३४ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको पाईएको छ । आर्थिक वर्ष २०७६ असार मसान्त देखी मंसिर १८ गते सम्ममा सम्वन्ध विच्छेदको लागी अदालतमा ३३९ मुद्दा दर्ता भएका छन् ।
जस मध्ये ७८ पुरुष र २६१ महिलाले दर्ता गराएका छन् । जसमा १९४ फैसला भईसकेको र १४५ मुद्दा चलिरहेको छ । एक दिनमा ५/६ वटा सम्वन्ध विच्छेदका मुद्दाहरु दर्ता हुने गर्छन ।
नयाँ मुलुकी ऐन लागु भएपछि सम्वन्ध विच्छेद गर्ने पुरुषको संख्यामा उल्लेख्य बृद्धि भएको छ । आर्थिक वर्ष २०७५ देखी २०७६ असार मसान्त सम्म ९०० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । जसमा ६६२ वटा महिला र २७९ पुरुषका मुद्दा दर्ता भएका छन । अदालतमा परेका मुद्दामध्ये ७४९ मुद्दा किनारा लागेका छन भने १५१ वटा मुद्दाको फैसला हुन बाँकी छन ।
२०७५ साल भदौ १ गतेदेखि नयाँ मुलकी संहिता लागु भएपछि पुरुषका मुद्दा अदालत आउन थालेका अदालतका तहसिलदार (शा.अ ) हरिगोपाल ज्ञवालीले बताए । भदौ १ गतेबाट लागु भएको नयाँ मु्लुकी ऐनपछि श्रीमतिसँग विमत्ती भएका श्रीमानहरु सम्वन्ध विच्छेदका लागी अदालतमा मुद्दा दायर गर्ने पुरुषको संख्यामा वृद्धि भएको ज्ञवालीले बताए ।
अदालतमा दर्ता भएका मुद्दाहरुमा सामान्य परिवारबाट भन्दा पनि केहि आर्थिक र सामाजिक रुपमा समाजमा स्थापित समुदायका पुरुषहरुको बढी मात्रामा आएको पाईएको छ । सम्बन्ध बिच्छेद गराउनेको संख्या देशभर नै बढीरहेको उनले बताए । उनका अनुसार चेतनाको कारण महिलाहरुले आफ्नो हकअधिकारको कुराहरु खोजी गर्न लागेपछी सम्बन्ध विच्छेद गरेको पाईन्छ । आर्थिक, सामाजिक र पारिवारिक समस्याको कारण सम्बन्ध विच्छेद गर्ने क्रम बढीरहेको उनले बताए ।
तपाइँको प्रतिक्रिया