पानी पिउन प्रेरित गर्दै ग्रीनल्याण्ड स्कुल
चितवन – भरतपुर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले विद्यार्थीहरुलाई पानी पिउन प्रेरित गर्ने अभियान शुरु गरेको छ । शरीरलाई आवश्यक पर्ने पानी निर्धारित समय अनुसार पिउन प्रेरित गर्नका लागि स्कुलले उक्त अभियान शुरु गरेको हो ।
पानी पिउने समयलाई व्यवस्थित गर्नका लागि उक्त अभियान महत्वपूर्ण हुने स्कुलकी प्राचार्य इन्दिरा पन्तले जानकारी दिईन् । जस्तो सुकौ मौसममा पनि शरीरलाई पानीको आवश्यक पर्ने बताउदै उनले त्यसैको लागि अभियान शुरु गरिएको बताईन् ।
उक्त अभियान अन्तर्गत नै स्कुलले बिद्यालय समयमा बिहान ११:५ बजे र २:१० बजे पानी पिउने बिश्राम दिदै आईरहेको पन्तले जानकारी दिईन् । पानी पिउनका लागि छुट्टाईएको समयको अलावा जुनसुकौ समयमा पानी पिउनका लागि प्रशोधित पिउने पानीको व्यवस्था पनि गरिएको उनले बताए । यो अभियानले पानी श्वस्थ जीवनको आधार भन्ने आभास गराउन पनि मद्दत मिल्ने उनको भनाई छ ।
बिद्यालयकै ‘खुसीको संसार’ बाल क्लबको अवधारणा अनुसार नै अभियान शुरु गरिएको हो । उक्त अभियानमा शिक्षकको तर्फबाट मनोज खड्काले सहजिकरण गरिरहेका छन् । स्कुलले अन्य बिद्यालय तथा अभिभावकहरुलाई पनि आफ्नो विद्यार्थी तथा बालबालिकाहरुलाई पानी पिउनका लागि प्रेरित गर्न अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया