बेलायतबाट फर्केर नेपालमै सफल व्यवसायी बने रुकेश
सूर्यप्रसाद अधिकारी, मंसीर २० , चितवन । अहिलेका अधिकांश यूवाहरुलाई भविष्यको योजनाबारे सोध्यो भने सजिलै उत्तर आउँछ, “ बिदेश जाने ।” कोही पढ्न जाने त कोही काम गर्न । तर राम्रो देश पुगेका नेपाली युवाको पहिलो प्राथमिकता हुन्छ त्यही स्थायी रुपमा बस्ने । तर यो प्रचलित प्रवृत्तिभन्दा ठीक विपरित देखिएका छन् चितवन मधुपुरीका रुकेश सापकोटा । अध्ययनको शिलशिलामा उनी बेलायत पुगे राम्रै पढाई पनि हासिल गरे । केही वर्ष त्यही बसे । तर उनको मन भने बेलायतमा बसेन नेपाल तिरै फर्कियो । बेलायतमै बसेको भए उनी सामान्य कामदारको रुपमा हराउंँथे होलान । तर अहिले नेपालमा थुपै कामदारका रोजगारदाता बनेका छन् ,सफल व्यवसायीको रुपमा ।
रुकेश अहिले नारायणगढको बाह्रघरेमा तारजाली उद्योगका मालिक हुन् । उनको दिनचर्या फेरिएसंँगै व्यस्तता पनि बढेको छ । प्राय उद्योगमै भेटिन्छन् उनी । व्यस्त पनि त्यत्तिकै । तर यहांँसम्मको यात्रा तय गर्न भने उनले सयौं खुड्किला पार गरेका हुन् ।
“ धेरै अनुभव र हण्डरले मलाई यो अवस्थामा ल्यायो ” उनी सम्झन्छन् । चितवन साइन्स कलेजबाट १२ कक्षा पास गरे पछि उनको गन्तव्य बन्न पुग्यो काठमाडौंको त्रिचन्द्र कलेज । ‘२०६३ सालको कुरा हो भर्खर देशमा युद्ध मत्थर भएको थियो , त्यतिनैबेला मेरो लण्डनको भीषा लाग्यो । तर त्यतिबेला लण्डन चरम आर्थिक संकटमा थियो । पढ्न त पाएँ तर त्यहांँ काम पाउन मलाई फलामको चिउरा चपाउनु जस्तै थियो ।” लण्डन यात्राको क्षणबारे उनले सुनाए । कति नेपाली उनका साथीहरु काम त के खाना , बस्ने पैसा नभएर कति रोडमै रात गुजारेको हुन्थे । उनी निरुत्साहित पनि भए । “भर्खरै गएकाले केही बचेको पैसा त थियो त्यै पैसाले जेनतेन साथीसंँगै कोठामा गुजारा गर्थें मैले । जब पैसा सकिंँदै जान्थ्यो मनमा बैचैनी बढ्दै जान्थ्यो”, उनले भने ।
जोसुकैसँग बोल्न खोजी हाल्ने स्वभावका उनी अलि चतुर थिए अनि जुक्ति लगाइहाले । ‘मैले कलेजकै लेक्चरसंँग आफ्नो बेलिबिस्तार लगाएंँ भाग्यबश मैले त्यही काम पाएंँ’ उनी भन्छन् । उनले त्यही कलेजमा बसेर डिप्लोमा इन डिजिटल आइटी टेक्नोलोजि सक्काए । काम गर्दै उनले बीएससी र मार्केटिङ्गमा स्नातक पनि सक्काए । त्यसपछि बल्ल उनलाई आत्मविश्वास पनि पलाउंँदै गयो । ‘ मैले कलेजको फि–लाई पछि धकेलेर अलि अलि गरी घरमा पनि पठाउंँथें, उनले सुनाए ।
करीब ८ बर्षसम्म उनले लण्डनमा पसिना चुहाए । अनि उच्च शिक्षा पनि हासिल गरे । त्यहांँपनि उनले रोजगारी र व्यवसाय गर्ने अवसर पनि जुट्यो । तर उनको तन बेलायतमा भएपनि मन भने नेपालमै हुन्थ्यो । ‘विदेशमा विजनेश गर्ने अवसर पनि आको थ्यो तर मेरो मन नेपाल तिरै होमियो’ लण्डन छोड्दाको क्षणबारे उनी भन्छन । उनको मनमा बिदेशममै सेटल हुन्छु भन्ने कहिल्यै लागेन । ‘म जांँदा खेरी पनि नेपालमै फर्केर केही गर्छु भन्ने लागेको थियो , आखिर मेरो सपना पुरा भएको छ। ’ उनी उत्साहित हुन्छन । हुन त उनको परिवार सानो तिनो व्यवसाय गर्दै आएको परिवार हो हजुबुवाको पाला देखि नै । त्यसबाट पनि धेरथोरै व्यवसायिक शैली उनले सिकेको हुुनुपर्छ ।
नेपालमा फर्के पछि करीब दुइबर्षको व्यवसायिक यात्रासम्म आउंँदा उनले आम्दानी सँगै सामाजिक प्रतिष्ठा पनि कमाएका छन् । यत्रो बर्ष बेलायत बसेका उनी तारजालीजस्तो उद्योग नभई सोफिस्केटेड विजनेशमा किन हात हालेनन् ? उनको चलाखीपूर्ण उत्तर छ “भारतीय धनाढ्य अम्बानी परिवार पनि आखिर कवाड बेचेर नै माथि पुगेको हो । ” उनका अनुसार विदेशमा सबै कामलाई समान दृष्टिकोणले हेरिने भएकाले यस्तो किसिमको विकास नेपालमा होस भनेर उनले यो काम रोजेका हुन । ‘भन्नेले भन्दै गर्छन , आफूले गरेर देखाउने हो’ उनको आत्माविश्वास झल्कन्छ । यो सँगै उनका भाइले कन्सट्रक्सनको व्यवसाय चलाएका छन यसमा पनि उनले भाइलाई भरपुर सहयोग गरेका छन् । हाल उनको उद्योगमा १५ जनालाई रोजगारी दिन सफल यी ३१ बर्षका युवा यस उत्पादनको विविधिकरण गर्दै विस्तार गर्ने योजना सुनाउंँछन ।
तपाइँको प्रतिक्रिया