प्रधानमन्‍त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । प्रधानमन्त्री ओलीलाई अघिल्लो साता एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो ।त्यसपछि उनी अस्पतालमै रहेका छन् । यसअघि पनि राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेकी थिइन् ।

अस्पताल स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीलाई ‘सरप्राइज डिस्चार्ज’ गरिनेछ ।यसअघि गत बिहीबार मंसिर १२ गते बेलुका बेलुका ७:४० बजे पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी शिक्षण अस्पताल पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु