वाटफोर्डमाथि लेस्टरको सहज जित

एटुजेड समाचार

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सहज जित निकालेको छ । गए राति सम्पन्न खेलमा लेस्टरले वाटफोर्डमाथि २–० को जित निकालेको हो ।

किङ पावर स्टेडियममा घरेलु टोलीको जितमा जेमी भार्डी र जेम्स म्याडिसनले गोल गरे । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा लेस्टरले दुई गोल गर्न सफल भएको थियो ।

५५औं मिनेटमा भार्डीले पेनाल्टीमार्फत गोल गरे । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई २–० को जित दिलाए । यस जितसँगै उपाधि दावेदारीमा सम्भावना राखेको लेस्टरका फरवार्ड जेमी भार्डीले लगातार ७ खेलमा गोल गरेका छन् ।जितपछी लेस्टरको १५ खेलबाट ३५ अंक भएको छ । पराजित वाटफोर्ड ८ अंक जोडेर पुछारमा छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु