१३ औं साग : पदक तालिकामा नेपाललाई उछिन्दै भारत शिर्ष स्थानमा
काठमाडौं – १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को पदक तालिकामा भारतले नेपाललाई पछी पारेको छ । आज (बुधबार) चौथो दिन नेपाललाई पदक तालिकामा भारतले उछिनेको हो ।
मंगलबारसम्म १५ स्वर्ण जितको भारतले बुधबार थप १७ स्वर्ण जित्दै स्वर्ण पदक संख्या ३२ पुर्याएको छ। शीर्ष स्थान कब्जा गरेको भारतले बुधबार ३२ स्वर्ण, २३ रजत र १६ काश्यसहित ६८ पदक जितेको छ। भारत चौथो दिनमा आएर शीर्ष स्थानमा उक्लिएको हो।
दोस्रो स्थानमा रहेको नेपालले बुधबार थप ६ स्वर्ण जितेको छ। नेपालले पहिलो दिन सोमबार १५ स्वर्ण जितेको थियो भने मंगलबार थप ८ स्वर्ण जितेको थियो। यस्तै बुधबार ६ स्वर्ण जित्यो। नेपाल बुधबारका खेल सकिएपछि २९ स्वर्ण, १५ रजत र २५ काश्यसहित ६९ पदकसहित पदक तालिकाको दोस्रो स्थानमा झरेको छ।
यस्तै तेस्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ काश्यसहित ४५ पदक जितेको छ।उता चौथो स्थानमा रहेको श्रीलंकाले ८ स्वर्ण, २३ रजत र ३८ काश्यसहित ६९ पदक जितेको छ। यस्तै पाँचौ स्थानको बांगलादेशले ४ स्वर्ण, ७ रजत र २६ काश्यसहित ३७ पदक जितेको छ।
छैटो स्थानमा रहेको माल्दिभ्सको १ स्वर्ण र २ काश्यसहित ३ पदक छ। उता अन्तिम सातौं स्थानमा रहेको भुटानले हालसम्म स्वर्ण पदक जित्न सकेको छैन। उसले ४ काश्य पदकमात्र जितेको छ।
तपाइँको प्रतिक्रिया