नेपालबिरुद्द श्रीलंका : दुबै टोलीले बाँडे अंक
काठमाडौं – १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगतको दोस्रो खेलमा नेपालले बराबरी खेलेको छ।दशरथ रंगशालामा आज (बुधबार) भएको नेपाल र श्रीलंकाबीचको खेल १–१ को बराबरीमा सकिएको हो।
नेपालले पहिलो हाफमा अग्रता लिए पनि श्रीलंकाले ईन्जुरी समयमा फ्रिकिक मार्फत गाल गर्दै खेललाई बराबरीमा ल्याएको हो।नेपालका लागि कप्तान सुजल श्रेष्ठले ३५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए। नेपाली खेलाडीलाई डि बक्स भित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो।
तर श्रीलंकाले ९० औं मिनेटमा प्राप्त फ्रीकिकमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएएको हो । बाँकी समयमा गोल हुन सकेन र खेल बराबरीमा सकियो । बराबरीसँगै नेपालले श्रीलंकासँग अंक बाँडेको छ। नेपालको दुई खेलमा ४ अंक रहेको छ।
तपाइँको प्रतिक्रिया