राम्रो सेवा दिन प्रतिबद्द : साझा अटो सेन्टर
चितवन – पछील्लो समय नेपालमा आफ्नै निजी गाडी चढ्नेहरुको संख्या बढ्दै गईरहेको छ । कुनै समय उच्च वर्गका व्यक्तीहरु मात्र आफ्नो निजी गाडी चढ्ने गर्दथे । तर अहिले निजी गाडीमा मध्यमवर्गीयको पहुँच बढ्न थालेको छ ।
विलासी वस्तुको रुपमा लिईने गाडी मध्यम आय वर्गका नागरिकको निम्ति आश्वयकतामा रूपान्तरित भईसकेको छ । बढ्दो ब्यापार प्रतीको रुचीको कारण निजी गाडी चढ्नेहरु पनि त्यही अनुपातमा बढीरहेका छन् । चितवनको अवस्था पनि त्यस्तै रहेको छ । चितवनमा पनि निजी गाडी चढ्नेहरुको संख्या दैनिक रुपमा बढ्दै गईरहेको छ ।
निजी गाडी चढ्नेहरु बढेसँगै गाडीको शो रुम र सर्भिस सेन्टरहरु खुल्ने क्रम पनि बढीरहेको छ । चितवनमै पनि गाडीको शो रुम र सर्भिस सेन्टरहरु एक पछी अर्को गर्दै खुलिरहेको छ । यही भिडमा गुणस्तरीय सेवा दिने उद्देश्यका साथ भरतपुरमा केही महिना अघी मात्र अर्को नयाँ सर्भिस सेन्टर सन्चालनमा आएको छ ।
यही बर्षको दसैंबाट बाईपास रोड भरतपुरमा रहेको साझा पेट्रोल पम्पसँगै ‘साझा अटो सेन्टर’ नाममा गाडीको नयाँ सर्भिस सेन्टर सन्चालनमा आएको छ । पेशाले निर्माण व्यवसायी समेत रहेका सुरज सेढाईले उक्त ‘साझा अटो सेन्टर’ सन्चालनमा ल्याएका हुन् । गाडीको सर्भिसिङमा गुणस्तरीयता दिनका लागि ‘साझा अटो सेन्टर’ सन्चालन गरेको उनले बताए । चितवनमा निजी गाडी चढ्नेहरु धेरै भए पनि राम्रो सर्भिस सेन्टरको कमी रहेको उनले बताए । यसै कारण त्यो कमीलाई पुर्ती गर्नका लागि ‘साझा अटो सेन्टर’ सन्चालन गरेको उनले सुनाए ।
‘राम्रो सर्भिस सेन्टर हुँदै नभएको त होइन, केही छन् तर पर्याप्त छैनन् उनले भने’, त्यसैले मैले ‘साझा अटो सेन्टर’ सन्चालन गर्ने निधो गरे ।’ उनले साझा अटो सेन्टरले ग्राहकहरुलाई गुणस्तरीय सेवा दिने प्रतिबद्दता गरे । ‘हामी राम्रो सेवा दिनका लागि नै आएका हौ उनले भने’, ग्राहकहरु धुक्क भएर हामी कहाँ आउँदा हुन्छ ।’
साझा अटो सेन्टरमा गाडी मर्मत गर्ने, सफा गर्ने, रङ्गरोगन गर्ने र सजावटको काम हुन्छ । यस्तै यहाँ गाडीका पार्ट्सहरु पनि सुपथ मुल्यमा पाइने सेढाई बताउछन् । अन्य सर्भिस सेन्टर भन्दा राम्रो सेवा सुपथ मुल्य दिने उनको दाबी छ । ‘हामी चितवनमै सबै भन्दा राम्रो सेवा दिन प्रतिबद्द छौ उनले भने’, हामी सेवा शुल्क पनि अन्य भन्दा कम नै लिन्छौ ।’
चितवनका बिभिन्न सर्भिस सेन्टरमा आफ्नै गाडी लिएर जाँदा राम्रो सेवा नपाएको अनुभव रहेको उनी सुनाउछन् । यही क्रममा एउटा राम्रो सर्भिस सेन्टरको आवश्यकता महसुस गरेर साझा अटो सेन्टर सन्चालन गरेको उनको भनाई छ । ‘म आँफै मेरो गाडी लिएर सर्भिस सेन्टरमा जाँदा राम्रो सेवा पाउन सकिन उनले भने’, अनी मलाई एउटा राम्रो सेवा दिने सर्भिस सेन्टर खोल्ने सोच आयो ।’
कतीपय सर्भिस सेन्टरले भने जस्तो सर्भिस सेवा नदिने गरेको उनले बताए । सेवा राम्रो नदिने तर शुल्क बढी लिने गरेको उनले बताए । साझाको हकमा भने त्यस्तो नहुने उनको दाबी छ । यही कारण अहिले सम्म ग्राहकहरुको विश्वास जित्न सफल भएको उनको भनाई छ ।
साझा अटोमा अहिले म्यानुअल वाश भए पनि छिट्टै अटो वाशको व्यवस्था गरिने उनले बताए । उनको साझा अटोमा अहिले १९ जनाले रोजगार पाएका छन् । त्यस मध्य मुख्य प्राविधिक हुन् राम बहादुर बस्नेत । बस्नेत यो क्षेत्रमा लागेको करिब १९ बर्ष भईसक्यो । शुरुमा सामान्य मिस्त्रीको रुपमा काम गरेका बस्नेतले बिगत ५ बर्षयता भने मुख्य प्राविधिकको रुपमा काम गरिरहेका छन् ।
देशमा बिभिन्न शहरमा रहेका सर्भिस सेन्टरमा काम गर्दै गर्दै उनी अहिलेर साझा अटो सेन्टरमा आईपुगेका छन् । यहाँ बस्नेतले अहिले मासिक तलब मात्रै ५० हजार बुझ्छन् । अन्य कमाई समेत गरी महिनाको ७०-८० हजार हुने उनी सुनाउछन् । ‘शुरुमा २ बर्ष त बिना तलब नै काम गरे, खान लाउन दिन्थे त्यत्ती हो उनले भने’, काम सिकेपछी ६ हजार पाए, अहिले यहाँ तलब ५० हजार छ, जम्मा जम्मी गरी मासिक ७०-८० हजार कमाई हुन्छ ।’ उनले साझा अटोमा शुरु देखी नै काम गरेका हुन् । साझा अटोमा अन्य ठाउँमा भन्दा सर्भिस राम्रो हुने उनी पनि बताउछ्न् ।
सेढाई आफ्नै गाडी शो रुम पनि छ । उनले अर्क मोटर्स भरतपुर ओरालोलेबाट एमजी गाडीको अधिकारिक बिक्रेताको रुपमा सेवा दिईरहेका छन् । ब्रिटिश ब्राण्डको उक्त गाडीको सो रुम र सर्भिस सेन्टर सँग-सँगै सन्चालनमा ल्याएको उनी बताउछन् ।
सेढाई नेपालमै बसेर केही गरौ भन्ने सोचले नै यो व्यवसायमा हात हालेको बताउछन् । ‘म नेपालमै बसेर केही गर्न चहान्छु उनले भने’, युवाहरुलाई देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु ।’
तपाइँको प्रतिक्रिया