उपनिर्वाचन हुन लागेको भरतपुर १६ मा आज बिहानै बम बिस्फोट

एटुजेड समाचार

चितवन – भरतपुरमा आज (बिहिबार) बिहानै बम बिस्फोट भएको छ । यही मंसिर १४ गते उपनिर्वाचन हुन लागेको वडा नं.१६ मा आज बिहानै बम बिस्फोट भएको हो ।

फुर्तीचोक देखि वडा कार्यालय जाने सडक खण्डको खेतमा बिहान ३:३० बजे बम बिस्फोट भएको हो । बम बिस्फोटको आवाज सुनेपछि स्थानीयहरु त्रसित भएका छन् । स्थानीयका अनुसार बम बिस्फोट भएको स्थानमा टायरका टुक्रा र सिलिण्डका टुक्राहरु भेटिएको छ ।

चितवन प्रहरीले भने सो क्षेत्रमा कुनै बम बिस्फोट नभएको दाबी गरेको छ । बम कसले पड्काएको भन्ने बारे केही खुलेको छैन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू