बेपत्ता पत्रकार खड्काको लाइसेन्ससहित अस्थिपञ्जर भेटियो

एटुजेड समाचार

काठमाडौं – बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायत सामानहरु भेटिएका छन् । १५ महिनादेखि खड्का बेपत्ता भएका थिए ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले आज बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामानसँगै अस्थिपञ्जर भेटिएको जानकारी दिएका हुन् ।

१५ महिनापछि वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय भएको भन्दै महासंघले सत्यतथ्य छानविन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न सरकारसँग माग गरेको छ ।

महासंंघले रहस्यमय घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन राज्यका सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

२०७५ साल भाद्र ९ गतेदेखि बेपत्ता भएका खड्का नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य हुन् । करिब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा उनी बेपत्ता भएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू