मरेको हरिणको पेटमा सात किलो फोहोर भेटियो

एटुजेड समाचार

थाइल्याण्ड – थाइल्याण्डको जंगलमा मृत अवस्थामा फेला परेको हरिणको पेटमा सात किलो फोहोर भेटिएका स्थानीय अधिकारीले बताएका छन्।

स्थानीय अधिकारीका अनुसार हरिणको पेटमा प्लाष्टिक, पुरुषका अण्डरवेयर, कफी ब्याग, प्लाष्टिकको डोरीसहितका फोहोर भेटिएको हो । थाइल्याण्डमा यो वर्षको सुरुवमा डुगोङ्गको बच्चा प्लाष्टिक खाकै कारण मरेको थियो । गएको सोमबार गस्तीका रहेका एक अधिकारीले १० वर्षको भाले हरिणलाई मृत अवस्थामा फेला पारेका थिए। हरिणको पेटमा प्लाष्टिकको ग्लोभ्स, चाउचाउ तथा सानो तौलिया समेत भेटिएको जनाइएको छ।

हरिणले लामो समयदेखि प्लाष्टिकसहितका फोहोर खाँदै आएको खुन साथन नेशनल पार्कका अधिकारीले बताएका छन् । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु