युभेन्टस च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा

एटुजेड समाचार

एजेन्सी – इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । एट्लेटिको मड्रिडलाई १–० ले हराउँदै युभेन्टस च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो ।समूह डीको पाचाैँ खेलमा युभेन्टसले एट्लेटिको मड्रिडलाई हराउँदा पाउलो डिबालाको गोल निर्णाय बन्यो ।

उनले पहिलो हाफको इन्ज्युरी समयमा उत्कृष्ट फ्रिकिक गोल गर्दै टिमलाई अग्रता दिलाए । जुन गोल खेलमा निर्णायक बन्दा युभेन्टस समूहको विजेता बन्न सफल भयो ।समूहमा एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । नकआउट चरणमा पुग्नका लागि एट्लेटिको मड्रिडले समूह चरणको अन्तिम खेलमा लोकोमोटिभ मस्कोलाई हराउनु पर्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू