निजी मेडिकल कलेजले बिद्यार्थीसंग लिएको अबैध शुल्क फिर्ता गर्ने, बुधबारबाटै प्रक्रिया शुरु हुने

एटुजेड समाचार

काठमाडौं । निजी मेडिकल कलेजले बिद्यार्थीहरु संग उठाएको अबैध शुल्क फिर्ता गर्ने भएको छ ।

आज (मंगलबार) मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीचको बैठकले दुई बुँदे सहमति गरेको हो ।

सहमतिअनुसार मेडिकल कजेजले आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ को हकमा भोलिबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्नेछन् भने ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ ।

मंगलबार दिउँसो गृहमन्त्रालयमा बसेको बैठकले भोलिसम्म शुल्क समायोजन वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउने निष्कर्ष निकालेको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नीप्रसाद खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत उपस्थित थिए ।

मेडिकल कलेजले भने रकम फिर्ता गर्न नसक्ने अडान राख्दै आएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू