सुबोधको ‘सानु’ मा अमृत र दीपिका (भिडियो सहित)

एटुजेड समाचार

चितवन – मिस्टर सुबोधको ‘सानु’ बोलको गीत सार्वजनिक भएको छ । ‘निलो आकाश’ नामक एल्बममा समावेश ‘सानु’ बोलको गीत आज (मंगलबार) सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा माया प्रेम र बिछोडको कथा रहेको छ । मिस्टर सुबोधको आवाज रहेको उक्त गीतमा शब्द संगीत पनि उनको नै रहेको छ । गीतमा संगीत संयोजन भने दिनेश श्रेष्ठको रहेको छ ।

https://youtu.be/D1DywBUrYYo

गीतको भिडियोमा अमृत र दीपिका थापा फिचर्ड रहेका छन् । गीतमा अमृत र दीपिकाको माया प्रेम र बिछोडलाई देखाईएको छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियोमा बिकास दाहालको सम्पादन रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु