नेकपाको खण्डन : कांग्रेस कार्यकर्ता कुटेको आरोप सरासर झुट र कपोकल्पित

एटुजेड समाचार

चितवन – नेकपा चितवनले कांग्रेस कार्यकर्ता कुटेको भन्ने खबरको खण्डन गरेको छ । आज (मंगलबार) बिहान एक विज्ञप्ति जारी गर्दै नेकपाले खैरहनी नगरपालिकाका वडा नं ४ का एक कांग्रेस कार्यकर्ता कुटिएको भन्ने खबरको खण्डन गरेको हो ।

विभिन्न सञ्चारमाध्यममा घटनाका सम्बन्धमा अतिरञ्जित गर्ने, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत जोड्ने काम गरिएको भन्र्दै घटनाको सत्यतथ्य बुझ्न विज्ञप्तिमा अपिल गरिएको छ । नेकपा वडा नः ४ का वडाध्यक्ष दलबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रचण्डको उपस्थितिमा कांग्रेस कार्यकर्ता कुटिए भनेर लगाइएको आरोप सरासर झुट र कपोकल्पित हो, कुटाई खाएका भनिएका टेकबहादुर परियार पहिलै देखिका कांग्रेस कार्यकर्ता हुन् । उनलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेको भन्ने कुरा सत्य होइन । ’

सोमबार राति १० बजे कांग्रेसका वडा सदस्य प्रदिप बस्नेतको नेतृत्वमा ६\७ जना व्यक्ति मादक पदार्थ सेवन गरी मातिएर चामेडाँडाँका जनतालाई दुःख दिएको र मंसिर १४ गते हुने निर्वाचनलाई प्रभावित गर्न रकम बाँडेको भन्ने सूचनाका आधारमा नेकपाका कार्यकर्ता त्यहाँ पुग्दा भाग्ने क्रममा टेकबहादुर परियार कान्लाबाट लडेर सामान्य घाइते भएको दाबी नेकपाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।मादक पदार्थ सेवन गरी लडेको व्यक्तिलाई रडले हानी घाइते बनाएको भन्ने कांग्रेसको दाबी सरासर झुट र साहानुभूतिका लागि गरिएको अन्तिम नाटक मञ्चन मात्रैं भएको भन्दैं त्यस्ता खबरको पछी नलाग्न नेकपा खैरहनी वडा नं ४ ले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू