विकास निर्माणमा एशियन कंक्रिटोको चौतर्फी माग

एटुजेड समाचार

बुटवल – कंक्रिटका इटा, होलो ब्लक, कंक्रिट ब्लक, कंक्रिट स्ल्याव टाइल्स, रंगिन इटा, रंगिन स्ल्याव जस्ता निर्माण सामाग्री उत्पादन गर्ने एशियन कंक्रिटो प्रा.लि ले डेढ वर्षको छोटो अवधीमा उपभोक्ताको विश्वास जित्न सफल भएको छ । देशका मुख्य शहरहरुमा रहेका आफ्ना विक्री शाखाहरु मार्फत उत्पादनको खपत बढेकाले उपभोक्ताले सर्वाधिक रुचाएको कम्पनीले दावी गरेको छ । एशियन कंक्रिटोले हाल ७ वटा मुख्य विक्री शाखा र ७२ वटा उपविक्री शाखा मार्फत देशभर सेवा दिइरहेको छ ।

देशका मुख्य शहरका ठूला होटल, अस्पताल, पेट्रोल पम्म , सरकारी भवन तथा, मल तथा पर्यटकिय केन्द्रहरुटोका उत्पादनहरु देख्न सकिने कम्पनीका इन्जिनियर राजिव चौरसियाले बताए । जर्मनीबाट डिजिटल प्रविधिमा प्राप्त निर्देशन अनुसार यहाँ कंक्रिटका सामाग्री उत्पादन गरिने भएकाले गुणस्तरमा शतप्रतिशत विश्वासिलो रहेको उनको भनाई छ । गिटी बालुवा तथा सिमेन्टको मिश्रणलाई विभिन्न चरणको शुद्धिकरण पछि मात्रै जर्मन प्रविधिबाट उत्पादनको चरणमा लगिन्छ । ६० एमएमका उत्पादनमा ५० टन भार क्षमता र ८० एमएमका उत्पादनमा ९० टनसम्मको भार क्षमता बहन गर्न सक्ने भएकाले एक पटक प्रयोग गरेपछि कम्तीमा १५ वर्ष ढुक्क रहन सकिने कम्पनीको दावी छ ।

भैरहवाको हकुईमा मुख्य कारखाना रहेको एशियन क्रंक्रिटोले दैनिक एक लाख वर्ग फिटमा लगाइने सामग्री उत्पादन गर्दछ । हाल कारखानामा दैनिक एक करोड मुल्य बराबरका सामान स्टकमा रहने बजार विक्री तथा प्रवद्र्धन उपाध्यक्ष श्यामल झाले जानकारी दिए । ‘पछिल्लो समय देशमा विकास निर्माणको काम तिव्र भइरहेकाछन्,’ उनले भने देशका विभिन्न विक्री केन्द्रबाट आउने माग पु¥याउन यती त स्टक राख्नै पर्छ ।’ विकास निर्माणका कामहरु छिटो भन्दा छिटो र तोकिएको समय भित्र सम्पन्न गर्न सहज होस् भनेरै स्टकमा उत्पादन राखिने उनी बताउन्छन । माटोको प्रयोग नहुने भएकाले खेतीयोग्य जमिनको नोक्सान नहुने , वातावरण संरक्षण हुने कारण सरकारी निकाय र सर्वसाधारण यसका उत्पादनसंग प्रभावित देखिएको उनी बताउ“छन् । नेपालमा नै उत्पादित उत्पादनको प्रयोग गरी सम्बृद्धिको दिशातर्फ अघि बढ्न सकिने भएकाले पनि सकारात्मक साथ पाएको उनले विश्वास व्यक्त गरे ।

३ महिनाको परिक्षण उत्पादन पछि मात्रै बजारमा आफ्ना उत्पादन लगेको एशियन कंक्रिटोका सबै उत्पादनको ल्याव टेस्ट पछि मात्रै उपभोक्तामाझ पठाउने गरेको एशियन कंक्रिटो नेपालका निर्देशक अनिल जटियाले बताए । विभिन्न चरणमा परिक्षण पश्चात मात्रै उपभोक्तसम्म सामग्री पुग्ने भएकाले गुणस्तरमा शंका गर्ने ठाउँ नरहने उनको दावी छ । जर्मन प्रविधिबाट तयार गरिने निर्माण सामाग्रीहरु सुरुआतमा उत्पादन मंहंगो लागेपनि समग्र खर्चमा कम लागत पर्न आउने उनले बताए ।

गत वर्ष फागुनबाट चितवनमा क्री वितरण सुरु गरेको ओम सञ्जिवनी कंक्रिटो कन्सर्नका प्रबन्ध सञ्चालक निरन्जन न्यौपानेका अनुसार करिव ९ महिनाको अवधीमा बजारमा १५ देखि २० हजार मेट्रिकटन बराबरको उत्पादन चितवनमा मात्रै खपत भएको छ । ‘सामाग्रीको गुणस्तरीयता नै ग्राहकको रोजाईको मुख्य कारण हो ,’न्यौपानेले भने ,‘ चितवन विकासको जुन रफ्तारमा छ यसको खपत अझै बढ्ने अपेक्षा गरेका छौं ।’ गुणस्तर, आकर्षक, टिकाउ, धेरै भारवहन क्षमता र छिटो छरितो ढुवानी सेवाका कारण बढी रचाइएको न्यौपानेको भनाई छ ।

भरतपुर अस्पताल, पटिहानिको अम्व्रेला स्ट्रिट, लंकुको जेम्स फनपार्क, भरतपुर औद्योगिक ्पाक्रदर्शनी स्थलको परिसर, देवघाटको बृद्धाश्रम, क्षेत्रपुरको तरकारी मण्डी ,गैंडाकोटको कृषि हाट बजार,शैक्षिक संस्थान तथा निजि घरहरुमा एशियन कंक्रिटो नै प्रयोग भएको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु