कोरियामा एक नेपालीको मृत्‍यु

एटुजेड समाचार

भोेजपुर – भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का अमिन राईको कोरियामा ज्यान गएको छ । रोजगारीका लागि कोरिया गएका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको उनका काका धनकुमार राईले जानकारी दिए ।परिवारका अनुसार काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल पुर्याउनेबित्तिकै अमिनलाई अस्पतालले मृत घोषणा गरेको थियो । पाँच वर्षदेखि कोरियामा कार्यरत अमिनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु