काठमाडौं – बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्न सफल नेपाली टोलीका खेलाडीहरु सम्मानित भएका छन् ।
अर्थमन्त्री युवराज खतिवडाले आज काठमाडौंमा आयोजित एक विशेष समारोहमा खेलाडीहरुलाई जनही तीन लाख रुपैंयाको नगद पुरस्कारसहित सम्मान गरेका हुन ।



प्रतियोगिता अवधिभर एउटा पनि सेट नगुमाएको नेपालले फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै ऐतिहासिक उपाधि हात पारेको थियो ।
१३ औं सागको औपचारिक उद्घाटन आगामि आईतवार मात्रै भएपनि भलिबल खेलहरु यही बुधवारदेखि सुरु हुँदैछन् । महिला तथा पुरुष दुबै विधाका खेलहरु दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछ । सागको भलिबलमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंका सहभागि छन् ।