निर्वाचन हार्ने डरले नेकपाका कार्यकर्ताले कुटे चितवन काँग्रेसका कार्यकर्ता

एटुजेड समाचार

चितवन – आगमी मंसिर १४ गते हुुने उपनिर्वाचनको तयारीमा रहेका नेपाली कांग्रेसका कार्यकर्तामाथि नेकपाका कार्यकर्ताले कुटपिट गरेका छन् ।

गएराति चितवनको खैरहनी नगरपालिका वठा नम्बर ४ चैनपुरमा नेकपाका कार्यकर्ताको आक्रमणबाट कांग्रेसका कार्यकर्ता ४५ वर्षका टेकबहादुर परियार घाइते भएको नेपाली कांग्रेस चितवनले बताएको छ । परियार केही दिनपहिले नेकपा परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनले नेकपा किन छोडेको भन्दै चैनपुरमा गएराति नेकपाका कार्यकर्ताहरुले एक्कासी हातपात गरेको घाईते परियारलार्य उद्धित गर्दै नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।

केहि दिन अघि प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा परियार सहित सयौँको संख्यामा नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका थिए । निर्वाचनको मुखैमा पार्टि परिवर्तन गरेर नेकपालाई कम्जोर वनाउन खोजेको भन्दै आँफुमाथि कुटपिट गरिएको परियारले आरोप लगाएका छन् । कुटपिटबाट घाईते परियारको चितवन मेडीकल कलेजमा उपचार चलिरहेको छ । घाईते परियारको अवस्था गम्भिर रहेको जिल्ला सभापति श्रेष्ठले जानकारी दिनुभयो । परियारको टाउकोमा ५ वटा टाँका लगाईएको छ । परियारलाई घर नजिकै बसिरहेको अबस्थामा नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए ।

गएरातिको आक्रमणबाट दामेडाडाक्षेत्रका बासिन्दा अाफुमाथि पनि आक्रमण हुने भन्दै त्रसित अवस्थामा रहेका छन् । त्यहाँका स्थानीयका अनुसार नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गरेको भन्दै केही नेकपाका कार्यकर्ताहरुले हातखुट्टा भाँच्ने चेतावनी दिएको भए पनि हिजो राति एक्कासि परियारमाथि आक्रमण भएको हो । यता यो बिषयमा भने प्रहरीले घटना सामान्य भएको बताएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित हासिल गरेको सो वडामा पुनः हार हुने देखेपछि नेकपाका नेता तथा कार्यकता अत्तालिएर आक्रमणमा उत्रिएको काँग्रेस सभापति श्रेष्ठले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु