चितवन – ट्याक्टरबाट खस्दा भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नबलपुर गैंडाकोटका ५५ वर्षिय खागिराम राना मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका २६ खयरघारिमा सिसैबाट खयरघारी तर्फ जाँदै गरेको ना ७ त ४७० नम्बरको ट्याक्टरबाट अचानक खस्दा पछाडिको चक्काले किच्दा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार धान बोकेको ट्याक्टरको माथी चढेर जाँदै गर्दा खसेका रानाको सोमबार राति घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


