२८ करोड लगानीमा चितवन पूर्ण विद्युतीकरण बन्दै

एटुजेड समाचार

चितवन, मंसिर १०-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यही आर्थिक वर्षमा देशका ४१ वटा जिल्लालाई पूर्ण विद्युतीकरण बनाउँदैछ। जसमा चितवनलाई पनि समावेश गरिएको छ। चितवनका सबै घरधुरीमा यही वर्षभित्र विद्युत् पु¥याइने तयारी अघि बढाइएको छ।

चितवनका सबै घरमा विद्युतीकरण गर्न मन्त्रालयले २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही बजेटबाट चितवनका तीनवटा विद्युत् वितरण केन्द्रमार्फत काम अघि बढाइएको छ।नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्र, टाँडी वितरण केन्द्र र चनौली वितरण केन्द्रमार्फत आ–आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा विद्युतीकरण गर्न लागेका हुन्।

त्यसका लागि भरतपुर वितरण केन्द्रमा १२ करोड तथा टाँडी र चनौली वितरण केन्द्रमा आठ–आठ करोड रुपैयाँ विनियोजन गरिएको छ। नागरिक दैनिकमा सविता श्रेष्ठले समाचार लेखेकीछिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू