काठमाडौं, मंसिर १० – स्वास्थ्यमा समस्या देखिएपछि आज मंगलबार (बिहान) अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । परीक्षणका क्रममा परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुन् । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनले ४ पटक डायलायसिस गराइसकेका छन् ।