काठमाडौं – गोकर्णेश्वरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा ड्याम बनाउने क्रममा आइतबार बा ३ क ६३८ नम्बरको रोलर सडकबाट तल खस्दा गम्भीर घाइते भएका महोत्तरीका ४५ वर्षीय यर्कमान भुजेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृतक भुजेल लामो समयदेखि रोलर चलाउँदै आएका थिए ।


