चितवन – शहिद स्मृति नेपाल विद्यार्थी संघका विद्यार्थीहरूले कालापानी र लिपुलेक हाम्रो हो भन्दै भारतीय विस्तारवादको नितिको कडा विरोध गर्दै चक्काजाम गरी प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी र लिपुलेक नेपाल कै हो भन्दै जुलुस प्रदर्शन सहित प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका उपाध्यक्ष अनमोल अधिकारीले हाम्रो मातृभूमिबाट भारतिय सेना नहटे त्यसको प्रतिरोध अब विद्यार्थी मात्र नभई हरेक नेपालीले गर्ने चेतावनी दिए । भारतीय विस्तारवादको विरुद्ध हरेक नेपाली एक ठाउँमा उभिन र आवश्यकता परे नेपाल आमाको लागि रगत बगाउन तयार हुनुपर्ने उद्घोष गरे । नेपाल विद्यार्थी संघ जिल्ला उपाध्यक्ष आयुष श्रेष्ठ,रोशन बस्नेत, जिल्ला सदस्य रविन क्षेत्री,नरेश भट्ट लगायतले आफ्नो धारणा राखेका थिए । ने. वि. संघ शहीद स्मृतिका अध्यक्ष विवेक उदाषको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


