सिड्नी । पछिल्लो समय अस्ट्रेलियामा नेपालीहरूको सङ्ख्या बढेसँगै घटनाहरू पनि बढ्दै गएका छन् । अस्ट्रेलियाको सिड्नीको ग्रानभिलमा शनिवार राती नेपाली दम्पत्तीको घर झगडामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती पक्राउ परेकी छिन् । प्रहरीले घटनास्थलबाट घाइते अवस्थामा एक युवकलाई अस्पताल लगेको थियो भने निज युवककी श्रीमती पनि घाइते अवस्थामा नै थिइन् ।
दुबै जना लाई घटनास्थलमा सामान्य उपचारपछि अस्पताल लगिएको थियो । अस्पतालमा युवकलाई मृत घोषित गरियो । सामान्य घा’इते ३४ वर्षे युवतीलाई उपचारपछि ग्रान्भिल प्रहरी चौकी लगिएको छ । प्रहरीले यो घटनालाई घरेलु हिसाको कोणबाट अनुसन्धान गरिरहेको छ । मृतक युवा नेपालीमुलको रहेको गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टि गरेका छन् । बुटवल स्थायी घर भएका मृतक युवकले ग्रान्भिलमै मोटर ग्यारेज सञ्चालन गर्दै आएका थिए ।


भिडियो सहित
युवक मिलनसार र सहयोगी रहेको उनलाई नजिकबाट चिन्नेहरूले बताएका छन् । पिआरका लागि अन्तिम तयारी गरिरहेका यी दम्पती, किन यस्तो अवस्थामा पुगे भन्ने प्रश्न उब्जिएको छ । पछिल्लो समय अस्ट्रेलियाको नेपाली समाजमा घरेलु हिंसा प्रमुख समस्या बनिरहेको छ। काम र पढाई को तनाव र कम उमेरमै विवाह गरेर अस्ट्रेलिया आउँदा घरेलु हिंसाले प्रशय पाएको छ।
एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ति अनुसार उनको ३४ वर्षीय श्रीमतीलाई आज पारामाटा अदालतमा पेस गरेको छ । यसअघि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको थियो । गौतम दम्पत्तिको एक छोरी पनी छिन् ।