काठमाडौं – प्रहरीलाई लागूऔषध गाँजा बोक्ने दुई युवकले दुई हजार रुपैयाँ घुस दिन खोजेपछि उनीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जन रहेका छन् । ललितपुर महानगरपालिका-१२ लगनखेलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा उनीहरु आइतबार राति पक्राउ गरेका हुन ।
सन्दिप र रिपु चढेको बा.८८ प. ६१२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट करिब ५० ग्राम अवैध लागूऔषध गाँजा बरामद भएको थियो । सोही क्रममा दुबै जनालाई नियन्त्रणमा लिन खोज्दा उक्त नगद दिन खोजेपछि नगद तथा गाँजासहित दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।