रसुवा – नेपाल–नाका रसुवागढीबाट करिब १ किलो सुनसहित दुई जना महिला पक्राउ परेका छन् ।
रसुवाबाट नेपाल सुन भित्र्याउँदै गरेको अवस्थामा भन्सार चेक जाँचका लागि खटिएको प्रहरीको टोलीले दुई जना महिलालाई पक्राउ गरेको हो ।
पक्राउ परेका महिलाहरुको पहिचान भने खुलाइएको छैन । महिलाहरुको साथबाट ६ डल्ला सुन बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको सुन जोख्दा करिब १ किलो बराबर भएको जनाइएको छ ।